2026-10-28 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रम्बा लोक दोहरीको उपाधी रेसुङ्गा नगरपालिकालाई

प्रेम सुनार/चैत्र–२६ गुल्मी। तेश्रो गुल्मी महोत्सवको अवसरमा  पोखरा नुडल्स प्रालिले आयोजना गरेको प्रथम स्थानिय तह रम्बा दोहरी गीत प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिकाले हाता पार्न सफल भएको छ ।

महोत्सव मुल समारोह समिति सांस्कृति विभाग प्रमुख अनुपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाका ६ वटा  स्थानिय तह विच भएको प्रतियोगितामा रेसुङ्गा नगरपालिका प्रथम भएको छ ।

मुसिकोट नगरपालिका द्धृतिय र गुल्मी दरवार गाउँपालिका तृतिय भएको छ । श्रेष्ठका अनुसार आयोजक संस्था पोखरा नुडल्स प्रालिले उत्पादन गरेको रम्बा तयारी चाउचाउको तर्फबाट  प्रथमलाई ३० हजार , द्धृतियलाई २० हजार र १५ हजार नगद पुरस्कार शौजन्य गरेको थियो ।

त्यसमा  हाल काठमाण्डौंमा वसोवास गर्ने  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ४ अर्खलेका खुमानन्द गौतमले बाँकी रकम थप गरी विजेतालाई क्रमशः ५५ हजार , ४५ हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

प्रथम स्थानिय तहको दोहरी गीत प्रतियोगिता महोत्सवभर मुख्य कलाकार पछिको आकर्षणको केन्द्र बन्यो । वालक देखि बृद्ध सम्मले अन्तिम सम्म कुरेर हेरेका थिए ।

गुल्मीका वरिष्ठ लोक गायक तथा उद्घोषक लक्ष्मण खड्का निर्णायक मण्डमको संयोजक रहेको प्रतियोगिताको नतिजा घोषणा गर्दै खड्काले भने–‘ सहभागि सवै कलाकारको प्रस्तुति उत्तिकै चोटीलो  थियो तर पनि नम्वरिङ्गका आधारमा छुट्टाउनै पर्ने भएकोले  अन्य समुहले अन्यथा नलिई दिनु हुन अनुरोध गर्दछु । ’

विजेता  प्रथम समुहबाट कलाकारहरु विक्रमवावु बिश्वकर्मा , भिम नेपाली , विजय परियार, लक्ष्मी बस्नेत , सविता परियार  रहेका थिए । दृतिय समुहबाट उज्वल गिरी, नन्दु परियार , पवित्रा सर्तुङ्गे , विष्णु  श्रीपालीले दर्शक श्रोताको ताली बटोर्ने गरी दोहरी गाएका थिए ।

त्यस्तै तेश्रो समुहका नारायण विपी परियार , कमल कार्की , कमल कँडेल , आशा बिक र माया थापाको दोहरी पनि कम चोटीलो थिएन । अन्य कलाकारको तुलनामा आशा बिकको दोहरी आक्रमर्ण र लय उठान मन छुने खालको भएको दर्शक श्रोताले प्रतिकृया दिएका थिए ।

विजेतालाई आज अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता  तथा पुर्व  उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला