प्रेम सुनार/चैत्र–२६ गुल्मी। तेश्रो गुल्मी महोत्सवको अवसरमा पोखरा नुडल्स प्रालिले आयोजना गरेको प्रथम स्थानिय तह रम्बा दोहरी गीत प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिकाले हाता पार्न सफल भएको छ ।

महोत्सव मुल समारोह समिति सांस्कृति विभाग प्रमुख अनुपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाका ६ वटा स्थानिय तह विच भएको प्रतियोगितामा रेसुङ्गा नगरपालिका प्रथम भएको छ ।

मुसिकोट नगरपालिका द्धृतिय र गुल्मी दरवार गाउँपालिका तृतिय भएको छ । श्रेष्ठका अनुसार आयोजक संस्था पोखरा नुडल्स प्रालिले उत्पादन गरेको रम्बा तयारी चाउचाउको तर्फबाट प्रथमलाई ३० हजार , द्धृतियलाई २० हजार र १५ हजार नगद पुरस्कार शौजन्य गरेको थियो ।

त्यसमा हाल काठमाण्डौंमा वसोवास गर्ने गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ४ अर्खलेका खुमानन्द गौतमले बाँकी रकम थप गरी विजेतालाई क्रमशः ५५ हजार , ४५ हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

प्रथम स्थानिय तहको दोहरी गीत प्रतियोगिता महोत्सवभर मुख्य कलाकार पछिको आकर्षणको केन्द्र बन्यो । वालक देखि बृद्ध सम्मले अन्तिम सम्म कुरेर हेरेका थिए ।

गुल्मीका वरिष्ठ लोक गायक तथा उद्घोषक लक्ष्मण खड्का निर्णायक मण्डमको संयोजक रहेको प्रतियोगिताको नतिजा घोषणा गर्दै खड्काले भने–‘ सहभागि सवै कलाकारको प्रस्तुति उत्तिकै चोटीलो थियो तर पनि नम्वरिङ्गका आधारमा छुट्टाउनै पर्ने भएकोले अन्य समुहले अन्यथा नलिई दिनु हुन अनुरोध गर्दछु । ’

विजेता प्रथम समुहबाट कलाकारहरु विक्रमवावु बिश्वकर्मा , भिम नेपाली , विजय परियार, लक्ष्मी बस्नेत , सविता परियार रहेका थिए । दृतिय समुहबाट उज्वल गिरी, नन्दु परियार , पवित्रा सर्तुङ्गे , विष्णु श्रीपालीले दर्शक श्रोताको ताली बटोर्ने गरी दोहरी गाएका थिए ।

त्यस्तै तेश्रो समुहका नारायण विपी परियार , कमल कार्की , कमल कँडेल , आशा बिक र माया थापाको दोहरी पनि कम चोटीलो थिएन । अन्य कलाकारको तुलनामा आशा बिकको दोहरी आक्रमर्ण र लय उठान मन छुने खालको भएको दर्शक श्रोताले प्रतिकृया दिएका थिए ।

विजेतालाई आज अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार हस्तान्तरण गरेका थिए ।

April 9, 2018
गुल्मी - GLM, समाज
रम्बा लोक दोहरीको उपाधी रेसुङ्गा नगरपालिकालाई
By kit
5 मिनेट पढाइ