2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नयाँ वर्षमा मुखले शुभकामना होईन हातले विरामीलाई सहयोग

प्रेम सुनार | बैशाख–१, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रियाशिल एक सामाजिक संस्थाले नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै यसवर्षको पहिलो दिन सानो भए पनि शुभ कार्यको सुरुवातको जमर्को  गरेको छ ।

रेसुङ्गा सहयोगी संस्था , तम्घासले आज नयाँ वर्षको शव्दमा शभकामना होईन ,  व्यवाहरमा केहि काम भन्दै जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको हो ।

नयाँ वर्षको आज बैशाख १ गते विहानै देखि मानिसहरु औपचरिक शुभकामना आदन प्रदानमा व्यस्त भई रहेको बेला सो संस्थाको टोली हातमा फलफुल बोकेर विहानै अस्पतालमा पुगेको थियो ।

‘सहयोगी हातहरु एक हौं ’ भन्ने मुलनारा बोकोको समाजका अध्यक्ष राजु कुँवरले मानविय सहयोग र सद्भाव नै साँचो धर्म भएको बताए ।

उनले भने  –‘ मुखले हामी सहयोग , शुभेच्छा र संवेदना प्रकट गरे पनि ब्यवहारमा केहि गर्न सक्दैनौं , यसर्थ ब्यवहार मै केहि गर्नु पर्दछ भन्ने सन्देश प्रवाह नै  हाम्रो प्रयास हो । ’

कार्यक्रमको संयोजन सचिव ज्ञानराज मरासीनीले गरेका थिए । कार्यक्रममा रेसुङ्गा माविका प्रधानध्यापक प्रेमनारायण भण्डारी, आदर्श बोर्डिङ्ग हाईस्कुलका प्रिन्सिपल भागतसिंह खड्का लगायत  सहभागी  थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली