2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा बालबालिकालाई निजी विद्यालयमा पढाउन निषेध गरिने

चौतारा ५ वैशाख | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाइ निजी विद्यालयमा पढाउन निषेध गर्ने निर्णय गरेको छ । 

नगर शिक्षा समितिको सिफारिशमा नगर कार्यपालिकाले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी आफ्ना छोराछोरीलाइ अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय लिँदै निजी विद्यालयमा पढाउन निषेध गरेको हो । 

नेपाल सरकारले शिक्षा क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आए पनि सामुदायिक विद्यालयको खस्कँदो स्थितिलाई ध्यानमा राखी सामुदायिक विद्यालयप्रति आस्था जगाउने उद्देश्यले यस्तो निर्णय गर्नुपरेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले बताउनुभयो ।

 यसका साथै नगरपालिकाले विद्यार्थी संख्या ज्यादै न्यून भएका चारवटा आधारभूत विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको छ । यसरी गाभिएका विद्यालयमा चौतारास्थित बालमन्दिर आधारभूत विद्यालय, स्याउलेको भैरवी आधारभूत विद्यालय, बतासेको चुल्ठेश्वरी आधारभूत विद्यालय र जल्केनीको ज्ञानपुञ्ज आधारभूत विद्यालय रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई