2026-09-11 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको मौलिक तिर पर्व सकियो

नवीन लामिछाने | वैशाख १०, मनाङ (रासस) | मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । 

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ मेथा ध्वाज्याङअर्थात् (तिर) पर्व मनाउने गर्दछन् । 

मेथा पर्व गाउँभरिका युवा, वृद्ध सबै एकै ठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय पाँच दिनसम्म मनाउने गर्दछन् । बुधबारबाट शुरु भएको तिर पर्व आइतबार सकिएको हो । 

गाउँको कृषि उत्पादनमा सहयोग पुर्याउने, राक्षस प्रवेश नगर्ने, झैझगडा नभई शान्ति फैलियोस् भन्दै सबै गाउँलेले एकापसमा माया, सद्भाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरिएको नासोङ गाउँपालिकाका प्रमुख चन्द्र घले बताउनुभयो । 

तिर हान्ने पर्वमा दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ । केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानीयले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तिर हान्ने र मार्ने गरेको प्रमुख घलेले बताउनुभयो । पहिले जसले राक्षसलाई अन्त्य गर्दछ उही व्यक्ति समुदायमा वर्ष पुरुष मान्ने गरिन्थ्यो । उहाँ भन्नुहुन्छ, “हिजोआज पुराना चलनलाई केही नयाँपन दिएर तिर पर्व मनाउन थालिएको छ ।” 

स्थानीयले पर्वको खुसियालीमा मीठामीठा परिकार खाने, विजेतालाई पैसा उठाएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानीय विनोद गुरुङले बताउनुभयो । पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक वेषभूषासहित स्थानीय सहभागी हुने गर्दछन् । गुरुङ भन्नुहुन्छ, “वेषभूषासहित हातमा वाण लिएर तिर हान्दा निकै रमाइलो हुने गर्दछ । हिजोआज स्थानीयले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् । 

मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रालगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ । 

मनाङमा तिर पर्व (ध्वाज्याङ) को रनक हिउँद सकिएर बर्खा लागेको संकेत परम्परागत पोषाकमा सजिएर तिर प्रहार गरेपछि सुख शान्ति र समृद्धि हुने धार्मिक मान्यता रहेको छ । जिल्लाभरि नै ध्वाज्याङअर्थात् तिर पर्वको रनक चलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस