2026-09-02 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोटको आफ्नै गीत वजारमा ल्याए रामकुमार बिष्टले

प्रेम सुनार/बैशाख–१२ गुल्मी,।  स्थानिय तहको निर्वाचन पछि गुल्मीमा पृथक पहिचान बनाउँदै आएको धुर्कोट गाउँपालिकाले  त्यहाँको पहिचान झल्कीने गरी  सुमधुर गीत बजारमा ल्याएको छ ।

‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ वोलको गीत गायक रामकुमार विष्ट र गायिका पवित्र सर्तुङ्गे मगरको स्वरमा सजिएको उक्त गीत हिजो साँझ देखि वजारमा ल्याईएको हो ।लय तथा शब्द सिर्जना  गायक स्वयम  विष्टको हो भने त्यसको विशेष सहयोगी    कलाकार असिम महत , नरेन्द्र थापा रहेका छन । त्यस्तै  थेगो सिर्जना कलाकारद्धयः सुनिल थापा र संगित रामचन्द्र चन्दको रहेको छ ।

उक्त गीतले धुर्कोटको धार्मिक , सांस्कृतिक  र सामाजिक सद्भावलाई समेट्नुका साथै कृषि  उत्पादनर   पर्यटन विकासलाई प्रोत्साहित  समेत गरेको छ  । हालै कार्यक्रम ओझेलका खवर मार्फत धुर्कोटको चिनारी चर्चामा ल्याईए संगै यस गीतले धुर्कोटलाई थप चिनाउने अपेक्षा लिएको गायक तथा परिकल्पनाकार  बिष्टले बताए ।

दर्जनौं लोक गित मार्फत नेपाली लोक साङ्गितिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापति गरेका गायक तथा संञ्चारकर्मी   विष्ट आफै पनि धुर्कोट–३ हाडहाडे निवासी हुन् ।

उनले आफु जन्मिएको  माटो  प्रति समर्पित हुँदै गीतमा समग्र धुर्कोटलाई समेट्ने प्रयास गरेको र  शव्द संगै धुर्कोटको दृश्य आफै बोल्ने बताए ,।

मिनी म्युजिक प्रा.लि. काठमाण्डौंले बजारमा ल्याएको उक्त गीतको दृश्यमा धुर्कोटका साविकका सात वटै वडा  देख्न सकिन्छ  त्यहाँका पहिचान झल्काईएको छ  ।

गायक विष्टले धुर्कोट प्रति समर्पित हुँदै वजारमा ल्याएको उक्त गीतबाट आफु प्रभावित भएको र त्यसले धुर्कोटको पहिचान देश विदेशमा पुराउन  टेवा पुग्ने अपेक्षा लिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

उनले  धुर्कोटको पहिचानका लागि श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सव पनि सम्पन्न गरिएको  र अरु थप प्रचार प्रसारका  कार्यक्रम पनि सञ्चालन गरिने प्रमुख पोखरेलले जानकारी दिए । गायक रामकुमार विष्टले नेपाली गीत संगित क्षेत्रमा कमाएको चर्चा संगै उहाँले आफ्नै माटो प्रति निभाएको उत्तरदायित्व प्रति आफुले सार्वजानिक कार्यक्रमबाट समेत धन्यवाद् दिएको उप–प्रमुख शिवबहादुर खत्रीले बताए ।

धुर्कोट , त्यसमा पनि जनजाती वाहुल्य रहेको हाडहाडे कला संस्कृतिको बेग्लै पहिचान बोकेको छ यहि माटोबाट ऐतिहाँसक धुर्कोटको समग्र कला संस्कृतिको पहिचान बृद्धि गर्नमा ठुलो सघाउ पुराउने अपेक्षा लिएको धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली