2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आगलागीबाट घरगोठ जल्दा एकको मृत्यु, लाखौंको क्षति

प्रेम सुनार/बैशाख–१२ गुल्मी। गत केहि दिन यता गुल्मीका विभिन्न गाउँमा  आगालागीका घटना बढेका छन् । पछिल्लो चरण गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगोलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशु सहित लाखौंको क्षति भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडे स्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर पुनको गोठमा आगो लागी हुँदा जलेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार हिजो दिनैभर वारी जोतेर साँझ खान खाई गोठमा सुतेका पुनको तल पानी तताउन वालिएको आगो सल्कीँदै गोठको घाँस परालमा सल्कीदै जाँदा राती करिव ११ वजेको समयमा जलेर मृत्यु भएको हो ।

त्यस्तै दुई वटा पाठा पाठी जलेर मरेका छन् । एउटा वाख्रो जलेर घाईते भएको छ । अहिले शव पोष्टमार्टमका लागि ल्याईएको र क्षति अनुमान गरिदै छ ।  धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले त्यस परिवारमा विचल्ली परेको बताए ।

एक महिना अघि देखि पुनका दाजु वालसिंह पुन वुटवलमा उपचार गर्न जाँदा अहिले सम्म वेपत्ता भएका छन् ।  अहिले मृत्यु भएका पुन हाल सम्म अविवाहित थिए । मृतककी भाउजु रुपी पनिले श्रीमान वेपत्ता संगै देवरको मृत्यु हुँदा आफुहरु विपद्मा परेको बताईन् ।

त्यस्तै छत्रकोट गाउँपालिकामा दुई परिवारको घर गोठ जलेको छ ।  छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दिनेटा भतेरपाटाका गंगा पन्थी गोठ जलेर दुई वटा वाख्रा मर्नुका साथै लाँखौंको क्षति भएको हर्दिनेटाका हेमन्त सुनारले बताए ।

सोही गाउँपालिका हर्दिनेटा कुँडाराका गोपाल दर्जीको घर गोठ जल्दा उनि छिमेकीको गोठमा आश्रय लिने भएका छन् ।  विपन्न परियारको खाने खर्च समेत नभएर मानो उठाउनु पर्ने अवस्था रहेको बताईएको छ । घर गोठ , जिन्सी सहित करिव ५ लाख वरावरको क्षति भएको स्थानि पार्वता पन्थीले बताईन् । त्यो परिवारको उद्धारका लागि उनले सवै संग सहयोगको अपिल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली