५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

जिल्ला अदालत बाँकेद्वारा ४ जनालाई सर्वश्वसहित जन्मकैद

१२ बैशाख २०७५, बुधबार ०९:०५

वैशाख १२ बाँके | हत्याको एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । 

तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका रिगल ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । 

जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले मंगलबार सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये ४ जनालाई जन्मकैद र बाँकी ९ जनालाई तीन वर्षदेखि दश वर्षसम्मको सजाय तोकिएको छ भने एक जनालाई सफाइ दिएको छ । 

जन्मकैदको सजाय पाउनेमा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का रहेका छन् भने सोहनसिंह ढकाललाई दश वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ । 

यसैगरी माधव नेपाली, विराज पाठक, हरि ओली, मनिष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई तीन वर्ष तथा दीपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्षको कैद सजाय तोकिएको छ । 

दीपक केसीले भने सफाइ पाएको जिल्ला अदालत बाँकेका स्रेस्तेदार दण्डपानी लामिछानेले बताउनुभयो । 

नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या गरिएको थियो । 

सो घटनामा संलग्न सो क्षेत्रका चर्चित गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्षअघि नै अदालतमा आत्मसमर्पण गरेका थिए । घटनाको आइतबारदेखि बहस शुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता