2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा सवारी दुर्घटना: दुईको मृत्यु, दुई घाइते

वैशाख १७ पर्सा | पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । 

पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका हुन् । 

बिहान करिव १ बजेको समयमा पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्क दिँदा दुईको मृत्यु र दुई घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । मृतकको परिचय हालसम्म खुल्न नसकेको बताउँदै उहाँले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिरा भवानी गाउँपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र सोही स्थान निवासी धनलाल मुखिया विणको वीरगन्जकै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । 

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिचय हालसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द