वैशाख १९ राजविराज | सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

रासस

May 2, 2018
सप्तरी - SPT, समाज
सप्तरीमा एक व्यक्ति मृत अवस्थामा फेला
By kit
1 मिनेट पढाइ