२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा स्थानीय वासीको आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

२०७५, २४ बैशाख सोमबार ०६:१२

वैशाख २४ पर्सा | पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । 

अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । 

घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा प्रहरी सहायक निरीक्षकहरु गोपाल खड्का, सुकेश्वर महतो र शम्भु महतो तथा प्रहरी जवान जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । 

घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरी चौकीमा आक्रमण गरेको लिम्बूले बताउनुभयो । 

स्थानीयवासीले प्रहरी चौकीमा रहेका दुई थान मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले प्रहरीको वाहनमा समेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको थियो । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ । 

मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारततर्फ गइरहेका चारजना भारतीयलाई आइतबार बेलुका प्रहरी चौकी महादेवपट्टिका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नै हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी सेढवामा राखिएको थियो । 

यस्तै, चोरीको अभियोगमा सुवर्णपुरबाट पक्राउ गरिएका दुईजना अभियुक्तलाई समेत सोही चौकीमा राखिएको प्रहरीले जनाएको छ । चौकीमा रहेका छजना अभियुक्तलाई छुटाउन ढुङ्गामुडा तथा आगजनी गरिएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा