2026-11-02 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा स्थानीय वासीको आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

वैशाख २४ पर्सा | पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । 

अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । 

घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । 

घाइते हुनेमा प्रहरी सहायक निरीक्षकहरु गोपाल खड्का, सुकेश्वर महतो र शम्भु महतो तथा प्रहरी जवान जयप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । 

घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरी चौकीमा आक्रमण गरेको लिम्बूले बताउनुभयो । 

स्थानीयवासीले प्रहरी चौकीमा रहेका दुई थान मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले प्रहरीको वाहनमा समेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको थियो । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ । 

मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारततर्फ गइरहेका चारजना भारतीयलाई आइतबार बेलुका प्रहरी चौकी महादेवपट्टिका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नै हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी सेढवामा राखिएको थियो । 

यस्तै, चोरीको अभियोगमा सुवर्णपुरबाट पक्राउ गरिएका दुईजना अभियुक्तलाई समेत सोही चौकीमा राखिएको प्रहरीले जनाएको छ । चौकीमा रहेका छजना अभियुक्तलाई छुटाउन ढुङ्गामुडा तथा आगजनी गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द