२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भूकम्प पीडितले राहतको माग गर्दै सिडिओ कार्यालयमा धर्ना

२३ भाद्र २०७२, बुधबार ०५:३८

अजयकुमार साह, भदौं २३, उदयपुर । जिल्लामा गत बैशाख १२ गतै र त्यसपछिका भुईचालोबाट पिडित भएका उदयपुरका भूकम्प
पीडितहरु राहात देउ भन्दै जिल्ला प्रशासन कार्यालयमा आज बुधबार धर्ना दिएकाछन् ।

dharna

सरकारी राहत र पिडितहरुको श्रेणीकरण प्रणाली वास्तविक पिडितहरु सम्म नपुगेपछि गाउँ गाउँ
बाट आएका भुकम्प पिडितहरुले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे समक्ष धर्ना दिएकाछन् ।
पिडितहरुले गाविस सचिवले वास्तविक पिडितको अवस्था नबुझेको र सिफारिस गर्न समेत ढिलाई गरेको भन्दै प्रजिअ
घिमिरे समक्ष गुनासो गरेकाछन् ।

गएको वैशाख १२ र २९ गते गएको भूकम्पमा परी घर ध्वस्त भएका
परिवारले सरकारी राहात पाउँनबाट गाविस सचिवले बञ्चित गराएको भन्दै बुधबार डेलिकेशन स्वरुप प्रजिअ
घिमिरेको कार्यकक्षमा धर्ना दिन पुगेको हर्देनी १ पीडित राधिका राउतले बाताईन ।

राउतका अनुरसार
बुधबार हर्देनी लगायतका दर्जन बढी पिडितले प्रजिअ घिमिरेलाई आप्mनो गाँउ घरमा साच्चिकै पिडित भन्दा पनि
गैर भूकम्प पीडितले राहात पाएको बारे आफूहरुले स्पष्ट पारेको बताउनुभयो ।

डेलिकेशन स्वरुप राहात
माग्दै प्रजिअ कार्यकक्षमा पुगेका पीडित हर्देनी ५ का रविन खत्रीले हर्देनी गाविसका सचिव कृष्णराज गिरी
र सामाजिक परिचालक कुशल राउतले मनोमानी रुपमा राहातको लागी सिफारिस गरेको आरोप लगएका छन्

खत्रीले प्रजिअ घिमिरलेलाई राहात नपाएको गुनासो गर्दै सचिव गिरी र समाजिक परिचालक राउतले
आफुहहरुलाई जानकारी नदिई गैर भूकम्प पीडितलाई राहातको लागी सिफारिस गरेको भन्दै छानविन गर्न माग गरेका
छन् । यसैगरी टोलीमा आएका अर्का भूकम्प पीडित हर्देनी १ का चन्द्रबहादुर राउतले समेत सचिव गिरी र
गाविसका सामाजिक परिचालकले गैर भूकम्प पीडितलाई राहात दिलाएको जानकारी गराएका छन्
राहात माग्दै धर्ना
बस्न आएको डेलिकेशन टोलीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका प्रजिअ घिमिरले केही
दिन अघि मात्र सिफारिस टोलीले भूकम्प पीडितको अन्तिम सूची दिएको भन्दै छुटेकाहरुका लागी लागी पहल गर्ने
र त्रुटि भए छानविन समेत गर्ने बताएका छन् ।

लीमा गएका जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधिले
जसरी भएपनि भूकम्प पीडितले राहात पाउने व्यवस्था गर्नको लागी सर्वदलीय सर्वपक्षिय बैठक बोलाई भूकम्प
पीडितलाई राहात उपलब्ध गराउन माग गरेपछि प्रजिअ घिमिरले तत्काल जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक
बलाउने बचन दिएकाछन ।

टोलीसँगै रहेका एमाओवादीका नेता तथा पुर्व सभासद मोहनबहादुर खत्री(दिपक)ले
प्रजिअ घिमिरेलाई हर्देनीमा धेरै जसो सचिव र गाविकासका कर्मचारीको लापरवाहीको कारण छुटेको जानकारी
गराउँदै जिल्लाको दैविक प्रकोप उद्धरा समितिको बैकठ बोलाउन र राहातको लागी समेत पहल गर्न आग्रह गरेका
थिए ।

नेता खत्रीले भूकम्पबाट पीडित भएका परिवारलाई राज्यको सेवासुविधाबाट रोकवट नर्गन सचेत समेत
गराएका छन् । यसैगरी डेलिकेशन टोलीसँगै गएका नेकपा एमालेका उदयपुरका सचिव प्रमेश्वर घिमिरेले प्रजिअ
घिमिरेलाई राहात लागी पहल गर्न र राज्यको सेवासुविधाबाट बञ्चित नर्गन आग्रह गरेका थिए

पिडितहरुले समस्याको बारेमा रेडक्रश उदयपुरका प्रतिनिधिहरुलाई समेत जानकारी गराई पहलका लागी
आग्र गरेकाछन् । जिल्ला प्रशासन कार्यालयले एक हजार एक सय छ पीडित परिवार रहेको जानकारी गराएपनि ग्रामिण
क्षेत्रमा भएका वास्ताविक भूकम्प पीडित छुटाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणी,एमालेको आपत्ति प्रमाण दिन चुनौती अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ इयुले बेइजिङ शिखर सम्मेलनमा चीनसँग व्यापार ‘पुनः सन्तुलन’ खोज्ने करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड ‘सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’: उद्योगमन्त्री दामोदर भण्डारी उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, २६८३.८६ विन्दुमा कायम मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना गाजामा पाँच इजरायली सैनिकको मृत्यु देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको : कुलमान घिसिङ