2026-07-10 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भूकम्प पीडितले राहतको माग गर्दै सिडिओ कार्यालयमा धर्ना

अजयकुमार साह, भदौं २३, उदयपुर । जिल्लामा गत बैशाख १२ गतै र त्यसपछिका भुईचालोबाट पिडित भएका उदयपुरका भूकम्प
पीडितहरु राहात देउ भन्दै जिल्ला प्रशासन कार्यालयमा आज बुधबार धर्ना दिएकाछन् ।

dharna

सरकारी राहत र पिडितहरुको श्रेणीकरण प्रणाली वास्तविक पिडितहरु सम्म नपुगेपछि गाउँ गाउँ
बाट आएका भुकम्प पिडितहरुले प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे समक्ष धर्ना दिएकाछन् ।
पिडितहरुले गाविस सचिवले वास्तविक पिडितको अवस्था नबुझेको र सिफारिस गर्न समेत ढिलाई गरेको भन्दै प्रजिअ
घिमिरे समक्ष गुनासो गरेकाछन् ।

गएको वैशाख १२ र २९ गते गएको भूकम्पमा परी घर ध्वस्त भएका
परिवारले सरकारी राहात पाउँनबाट गाविस सचिवले बञ्चित गराएको भन्दै बुधबार डेलिकेशन स्वरुप प्रजिअ
घिमिरेको कार्यकक्षमा धर्ना दिन पुगेको हर्देनी १ पीडित राधिका राउतले बाताईन ।

राउतका अनुरसार
बुधबार हर्देनी लगायतका दर्जन बढी पिडितले प्रजिअ घिमिरेलाई आप्mनो गाँउ घरमा साच्चिकै पिडित भन्दा पनि
गैर भूकम्प पीडितले राहात पाएको बारे आफूहरुले स्पष्ट पारेको बताउनुभयो ।

डेलिकेशन स्वरुप राहात
माग्दै प्रजिअ कार्यकक्षमा पुगेका पीडित हर्देनी ५ का रविन खत्रीले हर्देनी गाविसका सचिव कृष्णराज गिरी
र सामाजिक परिचालक कुशल राउतले मनोमानी रुपमा राहातको लागी सिफारिस गरेको आरोप लगएका छन्

खत्रीले प्रजिअ घिमिरलेलाई राहात नपाएको गुनासो गर्दै सचिव गिरी र समाजिक परिचालक राउतले
आफुहहरुलाई जानकारी नदिई गैर भूकम्प पीडितलाई राहातको लागी सिफारिस गरेको भन्दै छानविन गर्न माग गरेका
छन् । यसैगरी टोलीमा आएका अर्का भूकम्प पीडित हर्देनी १ का चन्द्रबहादुर राउतले समेत सचिव गिरी र
गाविसका सामाजिक परिचालकले गैर भूकम्प पीडितलाई राहात दिलाएको जानकारी गराएका छन्
राहात माग्दै धर्ना
बस्न आएको डेलिकेशन टोलीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका प्रजिअ घिमिरले केही
दिन अघि मात्र सिफारिस टोलीले भूकम्प पीडितको अन्तिम सूची दिएको भन्दै छुटेकाहरुका लागी लागी पहल गर्ने
र त्रुटि भए छानविन समेत गर्ने बताएका छन् ।

लीमा गएका जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधिले
जसरी भएपनि भूकम्प पीडितले राहात पाउने व्यवस्था गर्नको लागी सर्वदलीय सर्वपक्षिय बैठक बोलाई भूकम्प
पीडितलाई राहात उपलब्ध गराउन माग गरेपछि प्रजिअ घिमिरले तत्काल जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक
बलाउने बचन दिएकाछन ।

टोलीसँगै रहेका एमाओवादीका नेता तथा पुर्व सभासद मोहनबहादुर खत्री(दिपक)ले
प्रजिअ घिमिरेलाई हर्देनीमा धेरै जसो सचिव र गाविकासका कर्मचारीको लापरवाहीको कारण छुटेको जानकारी
गराउँदै जिल्लाको दैविक प्रकोप उद्धरा समितिको बैकठ बोलाउन र राहातको लागी समेत पहल गर्न आग्रह गरेका
थिए ।

नेता खत्रीले भूकम्पबाट पीडित भएका परिवारलाई राज्यको सेवासुविधाबाट रोकवट नर्गन सचेत समेत
गराएका छन् । यसैगरी डेलिकेशन टोलीसँगै गएका नेकपा एमालेका उदयपुरका सचिव प्रमेश्वर घिमिरेले प्रजिअ
घिमिरेलाई राहात लागी पहल गर्न र राज्यको सेवासुविधाबाट बञ्चित नर्गन आग्रह गरेका थिए

पिडितहरुले समस्याको बारेमा रेडक्रश उदयपुरका प्रतिनिधिहरुलाई समेत जानकारी गराई पहलका लागी
आग्र गरेकाछन् । जिल्ला प्रशासन कार्यालयले एक हजार एक सय छ पीडित परिवार रहेको जानकारी गराएपनि ग्रामिण
क्षेत्रमा भएका वास्ताविक भूकम्प पीडित छुटाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट