2026-10-28 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलितलाई मठ–मन्दिर सहित व्राम्हणको घर भित्राउँदै गुल्मी कांग्रेस

प्रेम सुनार/जेठ १, गुल्मी ।  नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको गाउँ जाउँ गाउँ मै रमाऔं ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न पहिलो चरणको अभियानले सकरात्मक सन्देश दिन सफल भएको कांग्रेसको समिक्षा बैठकले निश्कर्ष निकाले पनि विपक्षीहरुको टिका–टिप्पणी उसका लागि चुनौतीको विषय बन्दै आएको छ ।

जिल्लाका ९३ वटै वडामा पुगेका जिल्ला प्रतिनिधी दलितहरुको घरमा बस्ने खाने र त्यही क्रममा कांग्रेसले व्राम्हण क्षेत्री र जनजाती समुदायका प्रतिनिधीहरुलाई दलितको घरमा बस्ने खाने र त्यहीबाट अभियान सञ्चालन गराएको थियो । त्यस कार्यलाई  विपक्षी राजनैतिक दलका नेता कार्यकर्ताले दलितको घरमा प्रवेश गर्ने गराउने कांग्रेसजन व्राम्हणले आफ्नो घरमा पनि दलितलाई त्यसरी नै प्रवेश गराएर देखाउ भनेर चुनौती दिदै आएका थिए ।

त्यस चुनौतीको सामना गर्न  कांग्रेसले दोश्रो चरणको अभियानमा ९३ वटै वडामा व्राम्हण, क्षेत्री  र जनजाती समुदायको घरमा दलित समुदायलाई प्रवेश गराउने निर्णय गरेको हो । ७ हप्ते अभियानको तिन हप्ते अभियान सकेर पुर्वनिर्धारित कार्यक्रम अनुसार चौथो हप्ता जिल्ला कार्य समितिले आयोजना गरेको  समिक्षा बैठकले यस्तो निर्णय गरेको मंगलवार विहान पत्रकार सम्मेलनमा पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

सचिव पन्थीले भने –‘ हामीले पहिलो चरणमा दलित र गरिवीको नजिक पुगेर उहाँहरुसंग हेलमेल गरेर अध्ययन गर्यौं ,  सामाजिक कुरिती र विभेदको कसरी अन्त्य गर्न सकिन्छ ? भनेर  बैठकमा समिक्षा पनि गर्यौं , हामी व्यहारतः पहिलो चरणमा दलितको घरमा व्राम्हण क्षेत्री , जनजाती वस्यौं खाऔं अवको अभियानमा  तिनै व्राम्हण क्षेत्री लगायतको समुदायको घरमा दलितलाई प्रवेश गराउँदैछौं । ’

उनले थपे–‘ त्यति मात्र होईन , अझै पनि समाजका सार्वाजानिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश गराईएको छैन् , अव हामी ति मठ–मन्दिर भित्र दलितहरुलाई प्रवेश गराई सवै जातजातीले सामुहिक रुपमा पुजा–पाठ समेत गराउँदै छौं । ’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस कार्यलाई सघाउ नपुराउने अर्थात दलितहरुलाई विभेद कै नजरले हेर्ने कार्यर्ताको पार्टी सदस्यता नै खारेज गरिने र त्यस्ता मानसिकता भएका नागरिकलाई पार्टी सदस्यता नै नदिने चेतावानी दिएका छन् ।

हामी राजनीतिक फाईदाका लागि  होईन, सामाजिक सुधारको अभियान लिएर अगाडी बढेका हौ सभापति श्रेष्ठले भने यो चुनौतीपुर्ण पक्कै हो तर पनि समाज सुधारका लागि कसै न कसैले चुनौती मोल्नै पर्छ , जसलाई हामी अवसरका रुपमा लिएका छौं ।

सभापित श्रेष्ठले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामकरण गरिएको आफुहरुले पाएको बताए । उनले थपे–‘ कतै कामी टोल , कतै दमै र सार्की टोल त कतै धोवी र  कुमाल जस्ता नामकरण गरेर उपहास गरिएको छ अव हामी ति  गाउँ टोलको नाम समेत फेर्ने अभियानमा छौ । ’

मदिरा नियन्त्रणमा महिला अभियान

त्यस्तै महाअभियानको दोश्रो चरको पाँचौ हप्ता देखि कांग्रेसले महिला संघका कार्यकर्ताहरु मार्फत सामाजिक विकृति विसंगति विरुद्ध अभियान छेड्ने भएको छ । पार्टी सचिव विष्णुकुमारी सापकोटाको नेतृत्वमा यस्तो अभियान छेड्न लागिएको हो ।

अभियानका विभिन्न कार्यक्रमहरु सार्वजानिक गर्दै नेतृ सापकोटाले भनिन–‘ महिला हिंसाको मुख्य कारक व्याप्त मदिरा सेवन पाईयो, जसलाई हामी नियन्त्रण गर्न जिल्लाभर अभियान छेड्दै छौं । ’

उनले गाउँपलिका स्तरमा जनचेतनामुलक र्याली निकाल्ने लगायतका विभिन्न कार्यक्रम रहेको बताईन् । उनले सञ्चार माध्यमले व्यापारिक विज्ञापन विज्ञापन दिदा दाईजो प्रथालाई प्रशय दिदै आएकोले त्यसलाई  रोक्न आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला