2026-09-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गुल्मीका एक युवा पक्राउ

जेठ ३ बागलुङ | सामाजिक सन्जाल ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

खत्रीले चिट्ठा परेको रु २५ लाख पाउन नेपालीलाई रु एक लाख गुल्मीमा रहेको प्रभु बैंकको खातामा जम्मा गर्न भनेका थिए जसमध्ये नेपालीले पहिलो किस्ताबापतको रु ३५ हजार बैंकमा जम्मा गरिसक्नुभएको थियो । खत्रीले दोस्रो किस्ता रकम माग गरेपछि आफू ठगिएको हुनसक्ने आशंकामा नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिनुभएको थियो । 

नेपालीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीमार्फत खत्रीलाई नियन्त्रणमा लिइएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो । ठगी घटनाका आरोपित खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ । 

“यस्तै प्रकृतिको अन्य ठगी घटनामा खत्रीको संलग्नताबारे अनुसन्धान गरिरहेका छौँ,” प्रनाउ थापाले भन्नुभयो । प्रहरीका अनुसार खत्रीले प्रभु बैंक शाखा कार्यालय गुल्मीमा रहेको खाता नं १२९१०७०१०१४६३४०००००१ मा रकम जम्मा गरी चिट्ठाको रकम प्राप्त गर्न सकिने जानकारी नेपालीलाई गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली