जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा "/>

2026-09-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा शिक्षिकाले विद्यार्थीको दाँत नै झर्ने गरी कुटिन

प्रेम सुनार/जेठ–४ गुल्मी। गुल्मीमा शिक्षिकाको कुटाईबाट एक बालक घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माध्यमिक बिद्यालय कक्षा ५ मा पढने अनमोल जिसी शिक्षिकाको कुटाईबाट घाइते भएका हुन् ।

बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुटने क्रममा दाँत भाँचिएको छ । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछी घटना खुलेको हो ।

शिक्षिकाको कुटाईबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाचिएको बालकले बताएका छन् । बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् ।

शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट केहि गल्ती भएको बताएका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिका संग बुझने क्रममा केहि गल्ती भएको स्वीकारेका हुन । 

प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछी छलफल गर्ने बताए । सोहि बिद्यालयमै केहि वर्ष पहिले शिक्षकको कुटाईबाट एक जना बिद्यार्थीको कानको जाली फुटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली