१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुटु अस्पताल बटुवलद्धारा गुल्मीका सयौंको निशुल्क उपचार

७ जेष्ठ २०७५, सोमबार ०२:१३

प्रेम सुनार | जेठ ७, गुल्मी | हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आजोजनामा मुटु रोग सामुदायिक अस्पताल वुटवलको टोलीद्धारा गुल्मीका झण्डै १५ सय जना मुटुका  विमारीहरुको निशुल्क उपचार गरेको छ ।  गुल्मीको सदरमुकाम तम्घासको महेन्द्र माध्यामिक विद्यालयको प्राङ्गालमा आजोजित निशुल्क स्वास्थ्य शिविरको आयोजना गरे  डाक्टर सहित त्यस अस्पतालका ६० जनाको स्वास्थ्यकर्मी टोलीले १३ सय ३४ जनाको मुटु रोग परिक्षण संगै आवस्यक औषधी समेत गरेका  छन् ।

ति मध्य ८ सय जना महिला र ५३४ जना पुरुष थिए । ५ सय ७६ जनाले ईसीजी परिक्षण गरेका थिए भने २ सय ५३ जनाले ईको परिक्षण गरेका थिए । शिविरमा छाती सम्वन्धि एफपी परिक्षण सेवा ४५ जनाले लिएका थिए । ३ सय २७ जनाले ल्याव टेष्ट गरेका थिए भने ११ सय ७६ जनाले सुगर परिक्षण गराएका थिए ।  त्यस अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरहरु समिर गौतम, विशाल केसी, अनिष हिराचन , छाती रोग विशेषज्ञ डाक्टर रमेश राना, मृगौला रोग विशेषज्ञ डाक्टर रजत काश्यथा , मेडिकल डाक्टरहरु जगनाथ यादव , सुशिल आर्याल, वलिष्ठप्रसाद यादव , रवि भण्डारी र आशिष रेग्मी लगायत निशुल्क स्वास्थ्य शिविरमा  खटिएका थिए । डाक्टर समिर गौतमले  केहि वालवालिका र युवाहरुमा भुटुको भ्वल्भमा प्वाल परेको बताएका छन् ।  


सो अस्पतालका अध्यक्ष अजाज आलमले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नदिने प्रत्याभुति दिने उद्घोष गरेका थिए । शिविरमा नेशनल  हेल्थ केयर सेन्टरले ५ लाख मुल्य बरावरको औषधी निशुल्क शौज्यन्य गराएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिए । शिविरको समापन गर्दै ५ नम्वर प्रदेशका सासद खड्ग केसी र अर्का सांसद दिनेश पन्थीले मुटु अस्पताल वुटवल र अन्य सहयोगी संस्थालाई धन्यवाद दिदै आफुहरुले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताएका थिए । स्वास्थ्य शिविरमा यहाँका सवै सुरक्षा निकाय , स्वास्थ्य क्षेत्र  , विद्यालय र अन्य विभिन्न संग संस्थाले स्वयम सेवीको भुमिका निभएका थिए ।


सहआयोजकका रुपमा रेसुङ्गा नगरपालिका र गुल्मी उद्योग वाणिज्य संघ रहेको थियो । आयोजक संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षतामा सम्पन्न शिविरमा शिविर ब्यवस्थापन उप समितिका  संयोजक शेरबहादुर थापाले धन्यबाद मन्तव्य राखेका थिए भने सचिव तारा उद्योग बाणिज्य संघका महासचिव तारा भुसालको सञ्चालन रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित