Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा पोखरीमा डुबेर ४ जना बालिकाको मृत्यु

२०७५, ७ जेष्ठ सोमबार १०:२५

जेठ ७,लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।

बिहान ११:३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालिएको थियो । उक्त पोखरी प्राकृतिक पोखरीका रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । बालिकामध्ये दुईजना दाजु भाइका छोरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै