९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको भेडिया बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

९ जेष्ठ २०७५, बुधबार ०५:४१

जेठ  ९ लहान | सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, सोही आगलागीमा परी स्थानीय हृदयनारायण चौधरीका पनि दुईवटा घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट औषधि पसलमा भएका सम्पूर्ण सामान, केही नगद, घरमा भएको खाद्यान्न, फर्निचर र लत्ताकपडासमेत जलेर नष्ट हुँदा करीब रु ४० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

वारुणयन्त्र, प्रहरी र स्थानीयको अथक प्रयासमा बिहान ६ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागी के कारणले भएको भन्ने खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्न लेखा समितिको निर्देशन, ७ दिनभित्र लिखित जवाफ माग रवि लामिछानेविरुद्धको थुनछेक बहस आज नहुने प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने