2026-11-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

लागू औषध ल्याउँदै गरेका दुई पक्राउ

lagu ausadh

अजयकुमार साह । भदौं २७, उदयपुर(गाईघाट) । उदयपुरको त्रियुगा नगरपालिका
वडा नं. ११ लालपत्ताबाट मोटरसाईकलमा लागूऔषध ल्याउदै गरेका दुईजनालाई शनिवार उदयपुर प्रहरीले पक्राउ गरि
आज सोमबार सार्वजनिक गरेको छ ।

फक्राउ पर्नेमा त्रियुगा
नगरपालिका वडा नं. १ का सन्तोष मगर र नितेश बस्नेत बा ६८ प ३६४४ नम्बरको मोटरसाइकल सहित प्रक्राउ परेको
प्रहरी नायव उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिनु भयो । प्रहरीले अबैध लागु औषध लुपिजेसिक
२० शिशी, डाईजेल्याप २० शिशी, लेवल नभएको लागूऔषध २० शिशी सहित उनिहरुलाई पक्राउ गरेको जनाएकोछ
।

पक्राउ परेका दुवैजनाले सिराहा जिल्लाको सिमा जोडिएको भारतको
लोकाहा ठाँडीबाट खरिद गरि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएकोछ । बन्दको मौका छोपी उदयपुरमा
लागु औषधको कारोवार गर्ने समूह सक्रिय भएको प्रहरीले जनाएकोछ ।
तराईमा मोटरसाईकल चलाउन खुल्ला भएकाले
लागूऔषध कारोवार गर्नेहरुले मोटरसाईकल मार्फत लागूऔषध ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले
जनाएको छ ।
डिएसपी गुरुङ्गका अनुसार बन्दको बेला प्रहरी चेक जाँच कम हुने भएकाले सिमावर्ती भारतिय
बजारहरुबाट लागूऔषध तस्करी हुने गरेको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार
कार्वाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द