2026-09-01 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मलको मुल्यमा कालोवजारी, निर्धारित मुल्यभन्दा दोव्वरमा बिक्री

प्रेम सुनार/जेठ–११ गुल्मी । यति वेला कृषकहरुलाई मकै खेतीका लागि युरिया मल खरिदको चटारो छ । यस चटारोको मौका छोपेर कतिपयले कालोवजारी पनि गरिरहेको सुचना प्राप्त भएको छ । जिल्ला कृषि विकास कार्यालयले यस्तो सुचना दिएको हो ।

जिल्लाको  साविकका ३ नम्वर क्षेत्रका केहि  गाउँहरुमा निर्धारित मुल्यको दोव्वर बढि मुल्यमा कतिपयले मल विक्रि गर्दै आएको सुचना समेत प्राप्त भएको त्यस कार्यालयका पाविधिक सहायक हरिप्रसाद आचार्यले बताए ।

उनले भने –‘ साविकको क्षेत्र नम्वर ३ का कतिपय गाउँमा युरिया मल  प्रति किलो ५० रुपैयाँ सम्ममा विक्रि गर्ने गरको सुनिएको छ , यस प्रति सञ्चार माध्यमले खोजी नीति गर्नु पर्योआचार्यले भने सरकारबाट कृषकहरुलाई अनुदानमा आउने मलको मुल्य निकै सस्तो छ , ढुवानी  खर्च जोडेर मात्र विक्रि गर्नु पर्छ त्यो वाहे कसैले बढि पैसा लिन पाईदैन् । ’

उनका अनुसार अनुदानमा आउने युरिया मल १४ रुपैयाँ प्रति केजी पर्दछ । 

ढुवानीका लागि सम्वन्धित डिलरलाई प्रति क्वीन्टल २५ रुपैयाँ छुट दिने गरेको छ । गुल्मीको सदरमुकाम तम्घास सम्मको ढृवानी जोड्दा २० रुपैयाँ देखि बढिमा २२ रुपैयाँ सम्ममा  खुद्रा विक्रि मुल्य पर्ने वरिष्ठ कृषि विकास अधिकृता चक्रपाणी पन्थी बताउँ छन् ।

तर,सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौरको हस्तीचौर स्वावलम्वी वचत तथा कृषि सहकारी संस्थाले यति वेला प्रति किलो २० रुपैयाँका दरले युरिया मल विक्रि वितरण गर्ने गरेको त्यसको अध्यक्ष डिल्लीराज पन्थीले बताए ।

सदरमुकाम देखि टाढाको गाउँमा २० रुपैयाँ प्रति किलो विक्रि गरिरहँदा यहि सदरमुकामको अमर कल्याण महिला स्वावल्वन कृषि वहुउद्देश्य  सहकारी संस्थाले भने प्रति किलो २१ रुपैयाँका दरले विक्रि गरिरहेको त्यस संस्थाकी  प्रवन्धक अञ्जु पन्थीले बताईन् ।

बरिष्ठ  कृषि विकास अधिकृत पन्थीले दरमुकाम  देखि धेरै टाढाको गाउँमा ब २६ रुपैयाँ प्रति केजी भन्दा बढि मुल्यमा युरिया मल विक्रि वितरण गरको पाईए  त्यस्तालाई कालोवजारीका रुपमा स्थानिय तहले नै कार्वाही गर्नु पर्ने बताए ।  

उता सदरमुकाम संग जोडिएको गाउँ कुर्घा स्थित मालिका कृषक समुहका अध्यक्ष  हेमराज शर्माले अहिले  प्रति केजी २६ रुपैयाँका दरले आफुहरुले युरिया मल बेच्ने गरेको बताए । यस अघि प्रति केजी २५ का दरले बेच्ने गरेका थियौं , उनले भने –‘ रिडी , रुद्रवेणी सडक निर्माणधिन समस्याका कारण मिर्मितिरबाट घुमाएर ल्याउँदा २६ रुपैयाँ बनाएका हौं । अव २५ रुपैयाँ बनाउनु पर्छ कि भन्ने विषयमा सल्लाह गर्दै छौं ।’ 

 तर  सदरमुकाम देखि वाग्लुङ्गको सिमामा रहेको धेरै टाढाको गाउँ दर्लिङ्गमा भने  जनसरोकार बहुउद्देश्य सहकारी संस्थाले प्रति किलो २५ का दरले युरिया मल बेच्ने गरेको  त्यसका अध्यक्ष भुपालसिंह खत्रीले जानकारी दिए । ईस्मा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष चुराबहादुर खत्रीले अनुगमन गरिने यदि कतै त्यस्तो कालोवजारी गरेको पाईए कार्वाही गरिने बताए ।

मुसिकोट नगरपालिका कार्य समिति सदस्य एवं वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले आफुहरुले कृषि सहकारी संस्थामा पुगेर सहुलियत दरमा मल वितरणको दर रेट बनाउन आग्राह गरेको बताए ।

अन्य स्थानिय निकायले पनि यस सिजनमा कृषकहरुलाई ठगिनबाट बचाउन  अनुगमनमा चासो देखाउनु पर्ने देखिएको छ । विगतका वर्षहरुमा पनि कतिपय गाउँमा कालोवजारीको सुचना प्राप्त भई सञ्चार माध्यममा आए पछि रोकिएको थियो ।

दर्लिङ्ग जस्तो विकट गाउँमा युरिया मल प्रति किलो २५ , डिएपी मल ५४ रुपैयाँ र पोटास ४४ रुपैया प्रति किलो विक्रि भई रहँदा सदरमुकाम लगायतका नजिकका गाउँहरुमा त्यो भन्दा धेरै कम मुल्यमा विक्रि गरिनु पर्दछ । सदरमुकामको अमर कल्याणमा पोटासको प्रति किलो ३६ र डिएपीको ५१ रुपैयाँका दरले विक्रि भई रहेको प्रवन्धक पन्थी बताईन् ।  सदरमुकाम देखि दुरदराज गाउँमा  २६ रुपैयाँ किलो भन्दा बढि मुल्यमा बेचेको पाईए सुचित गर्न समेत आग्रह गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली