2026-09-19 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

छुट्टाछुट्टै शिविरमा नौ सय जनाको स्वास्थ्य परीक्षण

जेठ १३, भक्तपुर (रासस) | जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुटु, प्रसूति र आँखा रोगको उपचारमा भएको शिविरमा ७ वर्षीया बालिका साकिरा सुनुवारको मुटुमा प्वाल परेको पाइएको छ । 

शहीद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ एवं हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउतको नेतृत्वमा भएको शिविरमा मुटुरोगको परीक्षण गराएका मध्ये धेरैको उच्च रक्तचाप, मुटुको भल्भ साँघुरो भएको, मुटु सुन्निएका बिरामी पाइएको छ । मुटुको इसिजी, इकोसमेत निःशुल्क गरिएको शिविरमा चिनीरोग, आँखा, जनरल फिजिसियन, प्रसूति रोगको परीक्षण गर्नाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो । 

प्रसूति रोग विशेषज्ञ डा जमुना किरण पौडेलका अनुसार प्रसूति समस्या लिएर शिविरमा आएका मध्ये आङ खस्ने समस्या, फिस्टुला र अधिकांश महिलाको पाठेघरमा संक्रमण पाइएको छ । 

शिविरमा मुटुमा प्वाल परेको बालिका सुनुवारको गंगालाल हृदयरोग केन्द्रले निःशुल्क उपचार एवं शल्यक्रिया गर्ने केन्द्रका प्रशासकीय प्रमुख राम आचार्यले जानकारी दिनुभयो । 

त्यसैगरी, शनिबार नै सूनपा–१ सिरुटारमा उपयोगी महिला आयआर्जन समूहले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३५५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । शिविरमा ३६ जनामा मोतियाबिन्दु भएको र उनीहरुको तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको समूहकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुना राउतले जानकारी दिनुभयो । 

तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । सोही कार्यक्रममा ग्रिन तारा नेपालले सञ्चालन गरेको निःशुल्क परिवार नियोजनसम्बन्धी परामर्श सेवामा समेत ३०० महिलाले परिवार नियोजनका बारेमा जानकारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई