2026-11-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका गैससले सूचना अधिकारी राख्ने निर्णय गरे

अजयकुमार साह ।
भदौं २७, उदयपुर (गाईघाट) ।
सूचनाको हक सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार नेपालमा पहिलो पटक
सामुहिक रुपमा उदयपुरका गैर सरकारी संस्थाहरुले सूचना अधिकारीको व्यवस्था एक महिना भित्र गरिसक्ने
निर्णय गरेकाछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा आज सोमबार आयोजित “सवै अधिकारको एउटै आधार सूचना
अधिकार” भन्ने मूल नाराका साथ “सूचनाको हक र गैसस” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उदयपुरका
करिब २ दर्जन गैससहरुले सार्वजनिक रुपमै सो निर्णय गरेका हुन् । उदयपुरका सम्पूर्ण सरकारी निकायहरुले
सूचना अधिकारी नतोकिसकेको अवस्थामा गैसस क्षेत्रले लिएको यस्तो निर्णय उदाहरणिय रहेको कार्यक्रमका
सहभागीहरुले बताएकाछन् ।

सूचनाको हकका लागी नागरिक संजाल र गैर
सरकारी संस्था महासंघ, जिल्ला शाखा उदयपुरको संयुक्त आयोजनामा संचालन गरिएको सो अन्तरक्रियामा बोल्दै
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले ऐनले सार्वजनिक निकाय भन्नाले
सरकारी र गैरसरकारी सवैलाई समेटेकोले गैसस क्षेत्रले समेत आफूले गरेका गतिविधीहरुको बारेमा
सार्वजनिकिकरण गर्न अग्रसर हुनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले एनजिओहरुले गर्ने यो कदममा आफनो
कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू हरपल तयार रहेको बताउनुभयो ।

सूचनाको हकका लागी नागरिक संजालका जिल्ला अध्यक्ष अजयकुमार साहले सूचनाको हक सम्बन्धी
ऐनमा रहेको प्रावधान र गैसस क्षेत्रले अवलम्बन गर्नुपर्ने विषयमा स्पष्ट पार्नुभएको थियो । संयोजक साहले
आफ्नो प्रस्तुतीकै क्रममा एनजिओहरुले सूचना अधिकारी तोकी आफनो संस्था मातहतमा भए गरेका क्रियाकलापहरुको
बारेमा मासिक रुपमै भएपनि सूचना सार्वजनिकिकरण गरी पारदर्शिता र शुसानको प्रबद्र्धन गर्न जोड दिनुपर्ने
धारणा व्यक्त गर्नुभयो ।

गैरसरकारी
निकाय र सरकारी निकायले सर्वसाधारण जनताको हितमा काम गर्ने भएकोले दुवैले मिलेर पारदर्शि रुपमा काम
गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै गैसस महासंघका केन्द्रिय सदस्य तथा
कार्यक्रमका विशेष अतिथि सृजना दनुवारले गैरसरकारी संस्थाले आफैले पनि शुसासनका गतिविधि समेत संचालन
गर्ने भएकोले सूचनाको हकलाई लागू गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा एनजिओहरुलाई अझ
पारदर्शि र शुसासित बनाउन गैसस महासंघले सूचनाको हकका लागी नागरिक संजाल सँग हातोमालो गर्दै अगाडी बढ्ने
धारणा व्यक्त गर्नुभयो । उहाँले गैससले ग्रामिण भोगका समुदायमा काम गर्ने भएकोले सूचनाको हकलाई गाउँ
स्तर सम्म समेत लैजान पहल अगाडी बढाउने विचार व्यक्त गर्नुभयो ।

गैसस महासंघका जिल्ला अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष दुर्गानन्द चौधरीले
अन्त्तरक्रिया कार्यक्रममै उपस्थित सम्पूर्ण गैससको सहमतिमा सूचना अधिकारी यही असोज मसान्त भित्रै
तोकिसक्ने निर्णय गरेको सार्वजनिक गर्नुभयो । उहाँले ऐनमा भएका अन्य व्यवस्थाहर जस्तै ः समय समयमा सूचना
अद्यावधिक गर्ने र सार्वजनिकीकरण गर्ने तर्फ समेत जोड दिने जानकारी गराउनुभयो । त्यस्तै अध्यक्ष चौधरीले
गैससहरुको क्षमता अभिबृद्धिका लागी अन्य क्रियाकलापहरु समेत संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।

अन्त्तरक्रियाको क्रममा सहभागीहरुले आ–आफ्ना
जिज्ञासाहरु राखेका थिए भने जिज्ञासाको जवाफका साथै सामाधानका उपायहरुको बारेमा अध्यक्ष चौधरी र संजालका
संयोजक साहले जवाफ दिएका थिए । कार्यक्रममा करिब २ दर्जन बढी गैससका प्रमुख तथा प्रतिनिधि, पत्रकार,
नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी टेक बहादुर गुरुङ्ग, संजालका
पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको थियो
।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द