2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका गैससले सूचना अधिकारी राख्ने निर्णय गरे

September 13, 2015

अजयकुमार साह ।
भदौं २७, उदयपुर (गाईघाट) ।
सूचनाको हक सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार नेपालमा पहिलो पटक
सामुहिक रुपमा उदयपुरका गैर सरकारी संस्थाहरुले सूचना अधिकारीको व्यवस्था एक महिना भित्र गरिसक्ने
निर्णय गरेकाछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा आज सोमबार आयोजित “सवै अधिकारको एउटै आधार सूचना
अधिकार” भन्ने मूल नाराका साथ “सूचनाको हक र गैसस” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उदयपुरका
करिब २ दर्जन गैससहरुले सार्वजनिक रुपमै सो निर्णय गरेका हुन् । उदयपुरका सम्पूर्ण सरकारी निकायहरुले
सूचना अधिकारी नतोकिसकेको अवस्थामा गैसस क्षेत्रले लिएको यस्तो निर्णय उदाहरणिय रहेको कार्यक्रमका
सहभागीहरुले बताएकाछन् ।

सूचनाको हकका लागी नागरिक संजाल र गैर
सरकारी संस्था महासंघ, जिल्ला शाखा उदयपुरको संयुक्त आयोजनामा संचालन गरिएको सो अन्तरक्रियामा बोल्दै
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले ऐनले सार्वजनिक निकाय भन्नाले
सरकारी र गैरसरकारी सवैलाई समेटेकोले गैसस क्षेत्रले समेत आफूले गरेका गतिविधीहरुको बारेमा
सार्वजनिकिकरण गर्न अग्रसर हुनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले एनजिओहरुले गर्ने यो कदममा आफनो
कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू हरपल तयार रहेको बताउनुभयो ।

सूचनाको हकका लागी नागरिक संजालका जिल्ला अध्यक्ष अजयकुमार साहले सूचनाको हक सम्बन्धी
ऐनमा रहेको प्रावधान र गैसस क्षेत्रले अवलम्बन गर्नुपर्ने विषयमा स्पष्ट पार्नुभएको थियो । संयोजक साहले
आफ्नो प्रस्तुतीकै क्रममा एनजिओहरुले सूचना अधिकारी तोकी आफनो संस्था मातहतमा भए गरेका क्रियाकलापहरुको
बारेमा मासिक रुपमै भएपनि सूचना सार्वजनिकिकरण गरी पारदर्शिता र शुसानको प्रबद्र्धन गर्न जोड दिनुपर्ने
धारणा व्यक्त गर्नुभयो ।

गैरसरकारी
निकाय र सरकारी निकायले सर्वसाधारण जनताको हितमा काम गर्ने भएकोले दुवैले मिलेर पारदर्शि रुपमा काम
गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै गैसस महासंघका केन्द्रिय सदस्य तथा
कार्यक्रमका विशेष अतिथि सृजना दनुवारले गैरसरकारी संस्थाले आफैले पनि शुसासनका गतिविधि समेत संचालन
गर्ने भएकोले सूचनाको हकलाई लागू गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा एनजिओहरुलाई अझ
पारदर्शि र शुसासित बनाउन गैसस महासंघले सूचनाको हकका लागी नागरिक संजाल सँग हातोमालो गर्दै अगाडी बढ्ने
धारणा व्यक्त गर्नुभयो । उहाँले गैससले ग्रामिण भोगका समुदायमा काम गर्ने भएकोले सूचनाको हकलाई गाउँ
स्तर सम्म समेत लैजान पहल अगाडी बढाउने विचार व्यक्त गर्नुभयो ।

गैसस महासंघका जिल्ला अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष दुर्गानन्द चौधरीले
अन्त्तरक्रिया कार्यक्रममै उपस्थित सम्पूर्ण गैससको सहमतिमा सूचना अधिकारी यही असोज मसान्त भित्रै
तोकिसक्ने निर्णय गरेको सार्वजनिक गर्नुभयो । उहाँले ऐनमा भएका अन्य व्यवस्थाहर जस्तै ः समय समयमा सूचना
अद्यावधिक गर्ने र सार्वजनिकीकरण गर्ने तर्फ समेत जोड दिने जानकारी गराउनुभयो । त्यस्तै अध्यक्ष चौधरीले
गैससहरुको क्षमता अभिबृद्धिका लागी अन्य क्रियाकलापहरु समेत संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।

अन्त्तरक्रियाको क्रममा सहभागीहरुले आ–आफ्ना
जिज्ञासाहरु राखेका थिए भने जिज्ञासाको जवाफका साथै सामाधानका उपायहरुको बारेमा अध्यक्ष चौधरी र संजालका
संयोजक साहले जवाफ दिएका थिए । कार्यक्रममा करिब २ दर्जन बढी गैससका प्रमुख तथा प्रतिनिधि, पत्रकार,
नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी टेक बहादुर गुरुङ्ग, संजालका
पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक