2026-10-28 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: छोराको दुवै मृगौला फेल भएपछी…

प्रेम सुनार/जेठ–१५ गुल्मी । आज भन्दा तिन पुस्ता अघि गुल्मीको सदरमुकाम स्थित हालको जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई आफ्नो घरवारी दिने पुर्खाहरुका सन्तती भने यति वेला उपचार गर्ने खर्च अभावमा सवै संग सहयोगको हात फैलाउँदै हिडेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर २ , तम्घास  बाँझी पोखरीका २१ वर्षिय मनोज बिक दुवै मृगौला फेल भई उपचार खर्च अभावमा सहयोगको हात फैलाउँदै आएका हुन् ।

उनका जिज्यु वाजेहरु साङ्गले बिक र भुपाल सिंह बिकले जिल्ला अस्पताल खोल्न कतै उपयुक्त स्थान नपाए पछि सवैलाई स्वास्थ्य सेवा दिन सकियोस भन्ने पवित्र भावना राखी पुरै घर सम्पत्ती दिएर आफुहरु तत्कालिन सुकुम्वासी र रुखो जमिनमा वास मात्रै लिएर बसेका थिए ।  

उनिहरुबाट जन्मिएका करिव ५० घरधुरी उनका सन्ततीहरु अहिले पनि स–साना झुपडीमा बास मात्रै लिएर बसेका छन् । तरकारी लगाउने जमिन समेत नभएका उनिहरु मध्ये मनोजका परिवारका अबस्था झन नाजुक छ ।

उनका पिता राधे बिकको आज भन्दा १९ वर्ष अघि रेसुङ्गा महादेव पोखरीमा नहाउने क्रममा ढुवेर मृत्यु भएको थियो । दुई छोरा र छोहरुलाई दाउँरा बोकेर, गिटी कुटेर हुकाउँदै आएकी उनकी आमा मैयाँ बिकले जेठा मनोजलाई करिव २ लाख रुपैयाँ ऋण काढेर विदेश पठाएकी थिईन ।

तर विडम्वना जहाँ होँचो उहि घोंचो भने झैं मनोज दुवै मृगौला फेल भई गएको दश महिनामा थप ऋणको भारी बोकेर फर्किएका थिए । वुटवलको सामुदायिक मुटु अस्पतालमा निशुल्क डाईलासिस गराई रहेका   उनलाई उनका जेठा बुवाका छोरा मिठु बिकले आफ्नो मृगौला झिकेर दिन चाहे पनि प्रत्यारोपण गर्न  १५ लाख भन्दा बढि खर्च लाग्ने भए पछि सवै संग सहयोग माग्दै उनिहरु एनका आफन्तजन हिडेका हुन् ।

उनि विरामी परेपछि एकातिर दैनिक छाक अड्केको छ । अर्कोतिर विदेश गएको ऋणले साहुले वास उठाउने हुन कि भन्ने चिन्ता छ भने उता छोरा जिवन मृत्युको दोसाँधमा रहेकोको चिन्ता छ उनकी आमाले गहभरी आँशु पार्दै भनिन –‘मेरो छोरा बाचाई दिए मेरो आत्माले सवैलाई आशिष दिने थियो, लौन हजुर जति सक्नु हुन्छ त्यति सहयोग गरेर मेरो छोरा बाचर्य दिनुस् । ’

उनको जिवन रक्षार्थ सहयोग संकलनको संयोजन गरिहेका छन  त्यस वडाका  वडाध्यक्ष उदय थापाले । उनलाई साथ दिई रहेका छन वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी र वडा नम्वर २ का वडा सदस्य शेरबहादुर बिकले ।

त्यस्तै उनका मामा देवबहादुर बिक , टुनिखोलाका यमबहादुर बिक, लगायतले सहयोग अभियान छेडेका छन् । सहयोग गर्न चाहनेहरुले उनिहरुको मोवाईल नम्वर ९८६७०६४२१६ । ९८६७४२३७३३ । ९८४७३१०६८०  र ९८५७०६१९३२६ मा सम्पर्क राख्न सकिने छ ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका कर्मचारी र पुराना समाज सेवीहरुले चन्द्रकोटे भने चिनिने उनीहरुका पुर्खा र यी सन्ततीहरुले अस्पताल स्थापनाका लागि दिएको  योगदान  शव्दले सम्मान गरेर पुग्ने बताउँ छन् । स्वास्थ्य क्षेत्र मै त्यति ठुलो त्याग र योगदान पुराउने त्यस परिवारलाई यहाँको हर व्यक्तिले सहयोगी मन फुकाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला