2026-11-01 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

रकम अभावका कारण बैंकहरु ठप्प हुने अवस्थामा

अजयकुमार साह, असोज ६, उदयपुर । करिब ४० दिन लामो बन्द हडतालका कारण सरकारी र निजी बैंकमा नोट जम्मा हुन नपाएपछि उदयपुरका प्रमुख सरकारी
र निजी बैंकहरु बिहिबार देखी लगभग ठप्प हुने अवस्थामा पुगेको छ ।

bank
संविधानमा आफ्नो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै विरोधमा रहेका विभिन्न पार्टी तथा
समूहले गरेको तराई बन्दले समयमा नेपाल राष्ट्र बैंक जनकपुरबाट रकम भित्राउन नसक्दा रकम अभाव भएको हो
।
बैंकमा रकम जम्मा गर्ने भन्दा पनि निकाल्नेको संख्यामा बृद्धि भएको र राष्ट्रिय वाणिज्य बैंकले
नेपाल राष्ट्र बैंकबाट आन्दोलनका कारण समयमा नोट ढुवानी गरेर ल्याउन नसकेकोले जिल्लामा रकम अभाव भएको
बाणिज्य बैंकका शाखा प्रबन्धक भोला कार्कीले बताए ।
बुधबार सम्म अधिक्तम ५० हजार बराबरको रकम
ग्राहकलाई दिईरहेकोमा विहिबारदेखी एक रुपैया समेत दिननसक्ने अवस्थामा रहेको प्रबन्धक कार्कीले बताए ।
उनले रावा बैंक गाईघाट शाखाले राष्ट बैक क्षेत्रिय कार्यालय जनकपुरबाट रकम ल्याउदै आएकोमा बन्दहडतालका
कारण नोट ढुवानी गर्न नसक्दा मौजाद रकमसमेत रित्तिदैँ गएको बताए ।
करिव ४० दिन देखि व्यापार व्यवसाय
ठप्प हुदाँ रकम जम्मा हुन नसक्नु र रेमिट्यान्स लगाएत अन्य विभिन्न कारोवारमा बढि रकम भुक्तानी भएको
कारण नोटको अभाव भएको शाखा प्रबन्धक कार्कीले बताए । राबा बैंकबाट मात्र दैनिक ३ देखी ४ करोडको नोटको
कारोबार हुने गरेको छ ।
यता सरकारी बैंकको रुपमा रहेको नेपाल बैंकमा समेत रकम अभाव हुन थालेको शाखा
प्रबन्धक धर्मेन्द्रलाल कर्णले बताए । सदरमुकाम स्थित रहेको निजी बैंक ग्लोबल बैंकमा समेत रकम अभाव
हुँदै गएको जनाईएकोछ । दैनिक करिब करोडौं रकम निकासा भईरहेको तर जम्मा भने न्युन भएकोले रकम अभाव हुन
थालेको बैंकका शाखा प्रबन्धक सुमित गिरीले बताए । गिरीका अनुसार रकम निकासाका लागी लहान, सिराहा, जनकपुर
लगायतका क्षेत्रबाट समेत ग्राहक रकम निकासाका लागी आउने गरेकोले रकम अभाव तिव्र हुँदै गएको हो ।
राबा
बैंकका शाखा प्रबन्धक कार्कीका अनुसार नोट ढुवानीका लागी नेपाली सेनाको हेलीकप्टरबाट ढुवानी गर्न पहल
भईरहेकोले समस्या छिट्टै समाधान हुने बताए । तर सेनाले सुरक्षाको कारण देखाउँदै आलटाल गरिरहेको श्रोतले
जनाएको छ । उदयपुरमा निजी क्षेत्रका एक दर्जन बाणिज्य बैकहरु संचालनमा रहेका छन । बन्दहडताल जारी रहँदा
नजिकिँदै गएको दशै, तिहार जस्ता चाडपर्ब समेत असर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द