2026-07-25 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वस्तु शव स्टेशन अलपत्र पार्ने ठेकेदारलाई कार्वाही गर्ने को ?

प्रेम सुनार/जेठ २० गुल्मी।  गुल्मीको वस्तुमा एक दशक अघि देखि  निर्माण कार्य सुरु गरिएको करोडौं लागतको  शव स्टेशन भवन र आवास गृह भवन अलपत्र परेको छ । २०६३÷०६४ सालमा सुरु गरिएको वस्तु शव स्टेशनको भवन एक तला  ढलान गरी हालसम्म  अलपत्र पारिएको  छ। एक दशक अघि अलपत्र योजनामा राज्यको कुनै निकायको नजर नपरेपछि स्थानियले ति ठेकेदारलाई कार्वाही गर्ने को ? भनेर प्रश्न गर्ने गरेका छन् ।

तिन करोड भन्दा बढिको लागतमा काठमाण्डौंको गौरी पार्वती÷श्रीउस्मा ÷पावन ईलेक्ट्रोनिक ज्वाईन्ट भेन्चर निर्माण कम्पनीले सुरु गरेको उक्त भवन निर्माणमा अनियमित्ता भएको भन्दै त्यसको निर्माण व्यवसायी राजेन्द्र मिश्र विरुद्ध नेपाल विद्युत प्राधिकरणले सर्वोच्च अदालतमा मुद्धा दिदा पनि सो अदालतले मिश्र कै पक्षमा फैसला गरे पछि उनले ढिला सुस्तीमा थप प्रशय पाउँदै आएका छन् ।

सर्वोच्चले बाँकी काम उनै मिश्रले गर्न पाउनु पर्ने फैसला गरेपछि  आगमी मंसिर महिना सम्मका लागि म्याद थप गरिएको हो, प्राधिकरण क्षेत्रिय कार्यालय बुटवलका  उप निर्देशक युवराज आचार्यले बताए । उनले भने –‘ हामीले पटक पटक सम्पर्क राख्दा  पनि मिश्रले अटेरी गर्दै आएका छन् ।  दोश्रो पटक हामीले उनको बैंक खाता बन्द गराई प्राधिकरणको  नाममा रकम राखे पछि उनले बैंक ग्यारेन्टी पेश गर्नु पर्छ त्यो काम गर्न समेत आएका छैनन ।

उनले आफ्नो ठगना दिन समेत फटाई गरेको देखिन्छ । वानेश्वर–१०  ठेगना दिएकोमा हामीले त्यसमा पत्रचार गर्दा पत्र फिर्ता आउने गरेको   छ । हाम्रो तहबाट भन्दा पनि माथील्लो निकायबाट ति ठेकेदार र कम्पनी विरुद्ध चासो दिनु पर्ने देखिन्छ । ’

वस्तु सामुदायिक  विद्युतिकरण उपभोक्ता समितिका अध्यक्ष रुमाकान्त भण्डारीले वस्तु शव स्टेशनका दुवै भवनको अवस्था देख्दा राज्यको कुनै निकाय नै नभए जस्तो आफुहरुले महशुस गरेको बताए ।

उनले भने–‘आवाश गृहको तिन  तले भवनको तला पुर्दापुर्दै वगरको वालुवा निकाले झै मुठीमा निकाल्न सकिन्थ्यो । भवनको चारैतिर ठाउँ ठाउमा चर्किएको छ । झ्याल ढोका फुटेका छन् । चुहेर बेहाल छ । अहिले १० वर्ष पछि आएर त्यही गिटी वालुवा सावेलले निकाल्दै टालटुल गरेर बुझाउन खोजिएको छ ।

अर्को शव स्टेशन भवन एक तला पुरेर मात्रै छाडिएको छ । हुनु पर्ने अन्य सवै काम पनि त्यतिकै अलपत्र रहेको छ । यहाँका कुनै मानिसहरुलाई कतिको योजना हो ? ठेकेदार को हो ? भन्ने सम्म थाह  छैन् । त्यस करोडौंको  योजनामा होर्डिङ्ग वोर्ड समेत राखिएको छैन ।  माथील्लो निकाय कसैले वास्ता नगरेको देख्दा राज्यको कुनै निकाय नै नभएको जस्तो र सिङ्गो देश नै ठेकेदारले हल्लाई दिदा रहेछन भन्ने महशुस गरेका छौं ।

धुर्कोट वडा नम्वर ५ वस्तुका वडाध्यक्ष ढुण्डीराज भण्डारीले राज्यको माथील्लो निकाय कै निरहीता रहेको प्रतिकृया दिए । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल यतिका वर्ष देखि शव स्टेशनको त्यो हविगत हुँदा माथील्लो निकाय मौन बस्नु दुर्भाग्यपुर्ण कुरा भएको   बताए ।

उनले भने–‘हामीले त काम छिटो सम्पन्न गर भनेर दवाद दिने मात्र हो , त्यस्ता ठेकेदारलाई तह लगाउने भनेको माथील्लो निकाय  नै हो तर के गर्ने त्यस्ताले सर्वोच्चबाटै संरक्षण पाउँ छन भने हामीले के गर्ने ? ’

त्यस क्षेत्रका सांस्द तथा अहिलेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टल पनि वस्तु शव स्टेशनका ठेकेदारहरुको लापर्वाही क्षमायोग्न नरहेको बताउँदै आएका छन् ।

हामी संगको भेटमा मन्त्री विष्टको भनाई यस्तो थियो –‘ आफु विगतमा उर्जा मन्त्री हुँदा देखि नै ठेकेदार मिश्रलाई कार्वाहीका लागि दवाव दिए पछि उसले सवोच्चमा मुद्धा दियो । तर दुर्भाग्य सर्वोच्चले उसै ठेकेदारलाई जिताई दियो । अहिले पनि अलपत्र उक्त योजनाको  काम छिटो गर्न दवाव दिदै आए पनि अटेरी गरिएको छ ।  यसरी अटेरी गरिरहे अर्को कुनै कदव उठाईने छ ।’

शव स्टेन आवाश गृह निर्मार्णको जिम्मा पाएका खानी निर्माण सेवा कम्पनी काठमाण्डौंका विदुर गौतम संग सम्पर्क राख्दा आफुले मर्मत गरी यहि जेठ भित्र वुझाउने गरी काम अगाडी बढाएको बताए । स्थानियलाई निर्माणको जिम्मा दिदा गिटी वालुवा र फलामे छडहरु रातौरात चोरी भएका थिए ।

ढलान गरी सकेपछि हामी पुग्दा वगरको वालुवा झै मुठीमा उठाउन सकिन्थ्यो । त्यही बगर जस्तै ढलान निकालेर अहिले ४५ हजारमा पुर्न थालिएको छ । त्यसको जिम्मा पाएका स्थानिय रामु भन्ने कर्णबहादुर पाण्डेले आफुले परै पैसा नपाएको बताउँ छन् ।

रंग रोवन, पानी लगायतको काम अरुहरुलाई छुट्टा छुट्टै दिईएको बताईन्छ । झण्डै दश वर्ष पछि उक्त भवन रंग रोवनले चिटिक्क पारिदै छ । तर त्यसको गुण स्तर मापन नगर्ने कसले ? भन्ने सवाल उठेको छ ।

ठेकेदार गौतमले २०६५ ÷०६६ को आर्थिक वर्ष देखि  ९०  लाख लागतमा निर्मार्णको  जिम्मा लिएको बताए । यता अलपत्र शव स्टेशन भवनको जिम्मा पाएका राजेन्द्र मिश्र संग सम्पर्क राख्दा आफु असार भित्रमा गुल्मी आई काम सुरु गर्ने प्रतिकृया दिए । विभिन्न कारणले ढिलाई भएको हो , उनले भने अव म असार भित्र त्यहाँ आई काम सम्पन्न गर्नेतिर लाग्ने छु । ’

पोल ठेकेदारद्धारा दश वर्ष पछि फरफारक

त्यस वस्तुमा पोद ठेकेदारबाट पनि त्यस्तै चरम लापर्वाही हुँदै आएको छ । २०६३÷०६४ साल देखि ३ सय ५८ वटा काठका पोलहरु गड्ने जिम्मा पाएका सागर लुईटेल हिजो आईतवार दश वर्ष पछि उक्त योजनाको फरफारक गरेको जानकारी  उनै उपभोक्ता समितिका अध्यक्ष भण्डारीले दिए ।

हिजो उनले बुटवल क्षेत्रिय विद्युत प्राधिकरणमा ४७ लाख ९५हजारको फरफारक गरेको जानकारी हामीले पाएका छौं , हैरान परिएको थियो अव स्टीलका पोल गाड्ने  काम सुरु हुँदै छ ।

उनका अनुसार बैशाख २६ गोरखापत्रमा टेण्डर आव्हान गरी ९०÷१० को योजना अनुसार समुदायको तर्फबाट ५ लाख ३३ हजार १ सय ६० रुपैयाँ ७० पैसा बुझाईएको र सरकारबाट ९० प्रतिशत सहित कुल ५८ लाखमा २ सय १२ वटा स्टील पोलहरु गडन् सुरु गरिने छ ।

वस्तुका कुल ७ सय ७९ काठका पोलहरुको दश वर्ष आयु ग्यारेन्टी सकिएको धेरै वर्ष भई सक्यो । त्यस मध्ये ४ सय २३ वटा स्टील पोल योजना उपभोक्तलाई हस्तान्तरण गरे अनुरुप पहिलो वर्षमा २ सय १२ र अर्को वर्षमा बाँकी स्टील पोल गाडिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक