Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी दरवार गाउँपालिकाले दियो वडाध्यक्षलाई फोनदेखि बाइकसम्म

२०७५, २१ जेष्ठ सोमबार ०५:५३

प्रेम सुनार/जेठ–२१ गुल्मी। गुल्मी दरवार गाउँपालिकाले वडाध्यक्ष देखि  गाउँ  कार्यपालिकाका सदस्यहरुलाई मावाईलदेखि  मोटरसाईकल सम्मको सुविधा उपलव्ध गराउँदै आएको छ । त्यस गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुलाई  एक एक वटा मोटरसाईकल र मोवाईल फोन सुविधा उनिहरुको दैनिक व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए 

त्यस गाउँपालिकाका लेखापाल केशव पन्थीका अनुसार तम्घासको सगरमाथा अटोमोवाईल्स स्वरुमबाट वजाज कम्पनी मोटर साईकल २ लाख ३५ हजार ९ सय रुपैयाँका दरले १० वटा खरिद गरिएको हो । त्यस्तै प्रति मोवाईल १३ हजार २ सय १० मुल्यका दरले वडाध्यक्ष सहित १३ जना  गाउँ कार्य समिति सदस्यलाई मोवाईल खरिद समेत गरेर दिईएको छ ।  

गाउँपालिका प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु भने  मासिक १ लाख १० हजार भाडाको गाडी चढ्ने गरेका छन् ।  गत असार मशान्त देखि फागुन  सम्म ४ लाख ४१ हजार ६ सय ७ रुपैयाँको ईन्धन खर्च उठेको लेखापाल पन्थीले बताए ।

त्स्तै बैठक भत्ता  ६ महिनाको अन्तरालमा १५ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च भईसकेको जानकारी उनले दिए । चैत्र ९ गते पत्रिकामा सार्वजानिक सुचना प्रकाशित गरी मोटर साईकल खरिद गरिएको जानकारी त्यस कार्यालयका सुचना तथा प्रविधी अधिकृत सुरेश खनालले जानकारी दिए ।

त्यस गाउँपालिकाले सञ्चार माध्यममा आएका सुचना समेत गाउँपालिकाका प्रमुख निकट पत्रकारहरुलाई दिने गरेको विषयमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले राजनैतिक आश्थाका आधारमा नभई स्वयम केहि पत्रकारहरु माग्न आई रहने हुँदा दिनु परेको स्वीकार गरे ।

दुई वटा जति सुचना काठमाण्डौमा  मेरो सम्पर्कमा रहेका पत्रकारहरुलाई दिएँ, शमाले भने केहि सुचनाहरु जिल्लाका पत्रकारहरुलाई दिएको हुँ , आगमी दिनमा जिल् लाकै पत्रकारहरुलाई समानुपातिक ढगले वितरण गरिने परिपाटी बसालीने छ ।

केन्द्र र ५ नम्वर प्रदेशका पत्रिकाहरुले सिधै ५० प्रतिशत कमिशन दिने प्रलोभन देखाएर जिल्लामा नियमति खट्ने पत्रकारहरुलाई विमुखो  पार्ने गरेको समाचार वाहिर आई रहेका बेला यहाँका क्रियाशिल पत्रकारहरुले त्यसको निगरानी बढाएका छन् ।

गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिकामा हुने गरेको यस्ता खाले अपारदर्शी कार्य र विकास निर्माणमा हुने गरेका कम्जोरीहरुका विषयमा आज गुल्मी नागरिक समाजले ध्यानकृष्ट समेत गराएको छ ।

आज समाजका  संयोजक यमबहादुर पाण्डे सहित गुल्मी दरवार गाउँपालिकामा पुगेको टोलीले जनताले उठाएका विभिन्न सवालमा स्पष्टीकरण तिन दिन भित्र सार्वाजानिक गर्न ज्ञापनपत्र वुझाईएको छ ।  विकास निर्मायामा वहुमतको आडमा विकास निर्माण योजनाहरु वितरण   सामाजिक सुरक्षा भत्तामा समेत त्यसैको आधारमा विभेद हुने गरेको र जनतालाई करले ढाड सेकिरहका जनप्रतिनिधीहरुलाई मोवाईल देखि  मोटरसाईकल सम्मको सुविधा किन दिईयो भन्ने लगायका विषयमा स्पष्टीकरण मागिएको छ ।

यस सम्वन्धमा  कतिपय कुराहरु निराधार आरोप मात्रै रहेको र कतिपय रुपमा आफुहरुले सुझावका रुपमा लिएर सुधार गर्ने गाउँपालिका प्रमुख अशोककुमार थापाले बताएका थिए ।  वैठक , तालिम लगायका भत्ताका विषयमा विधि अनुसार नै गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्र्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ