2026-10-28 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलित कर्मचारीबाट चिया–नास्ता गराउने पहिलो विद्यालय महेन्द्र मावि

प्रेम सुनार/जेठ–२१गुल्मी । अध्यात्यामिक स्वभावका प्रधानध्यापक सधैव विद्यालयको गेट भित्र छिरेर  पहिला सरस्वती र अन्य  मठ–मन्दिरमा  दर्शन गर्छन । कार्यकक्षमा प्रवेश गरे लगत्तै दलित समुदायकी कार्यालय सहयोगीले गिलासमा पानी लिएर आउँछिन र त्यो पिई सकेपछि धन्यवाद नानी भन्दै आफ्नो नियमित कार्यतर्फ लाग्छन् ।

आजको दिन झण्डै १२ वर्ष अघि नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन । जसलाई दलित आन्दोलनकर्मीहरुले उत्सवका रुपमा  आजको दिनलाई मनाउने गरेका छन । यहि सन्धर्व सामग्री खोज्दै जाने क्रमा ति प्रधानध्यापकको आज पनि त्यही नियमित्ता देखियो ।

ति हुन सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक केशरबहादुर थापा । जसले पहिला देवि देउताको दर्शन गरी सकेपछि कार्यालय सहयोगी  मिना बिश्वकर्माले टक्राएको पानी पिएर कार्य सञ्चालन गर्ने गरेका हुन ।

यो हालचालको कुरा मात्र होईन झण्डै एक  दशक अघि देखि सामाजिक विभेदको अन्त्यको अगुवाई महेन्द्र माविले नै  गर्नु पर्छ भन्ने उद्देश्यका साथ  जिल्लामा सम्भवत पहिलो पटक दलित समुदायकी महिलालाई कार्यालय सहयोगी राखिएको थियो ।

जति वेला तम्घासका होटलमा समेत दलित समुदायका मानिसहरुले मजदुरी गर्न पाउँदैन्थे ।  प्राय हरेक विद्यालयको वैठकमा दलित समुदाय कोखमा छ  र चिया नास्ता आयो भने कसैलाई ग्यास्टीकको  कृतिम विमार सुरु हुन्थयो भने कसैको वावु वा आमाको भोली  श्रद्धा  आज एकछाकीको मञ्चन गरेर त्यो चिया नास्ता खाईदैन्थयो ।

अझै पनि सदरमुकाम समेतके थुप्रै विद्यालयमा त्यस्तै   छुवाछुत विभेदको रोग छ ।  शिक्षक नियुक्तिमा दलित समुदायका थुप्रै मानिसले अवसर पाए पनि  चिया नास्ता गराउनु पर्ने भएकोले कार्यालय सहायक बनाउने कुरामा कोही सहमत हुन सक्दैनन ।

 यहि विभेद र  चिनौती चिर्दै यसको सुरुवात विद्यालयबाटै गर्नु पर्छ भनेर २०६४ सालमा  गुल्मी कै नयाँगाउँ घर भएकी विपन्न परिवारकी गिता  विश्वकर्मालाई कार्यालय सहयोगीका रुपमा नियुक्ति गरिएको तत्कालिन त्यस विद्यालय ब्यबस्थापन समिकिा अध्यक्ष एवं हाल नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ बताउँ छन् ।

उनले भने–‘गिताले दुई वर्ष सम्म कार्यालय सहयोगीको काम गरेर दोश्रो विवाह गरेर हिडिन ।  उता दोश्रो विवाह गरेका पुरुषकी पनि अर्की श्रीमति रहिछन् ।  श्रीमानले अकीै टिपेर विचल्लीमा पारे पछि रुँदै म कहाँ आएर भनिन त्यस विद्यालयमा रहेकी  गिताले मेरो  श्रीमानलाई टिपेर हिड् ि। त्यसको सट्टामा मलाई राखि दिनु प¥यो भनिन । त्यस पछि दोश्रो पटक पनि दलित महिला मिना बिकलाई नियुक्ति गरिएको र हाल सम्म पनि उनै रहेकी छन् । ’

‘केहि मान्छेहरुले दलित महिला नियुक्ति गर्न नचाहेर चुनौती खडा पनि गरेका थिए ’–श्रेष्ठले भने–‘त्यस्ता मानसिकता भएकाले जति चुनौती खडा गर्न खोज्न म आफु उति नै कडा भएर  समानताको सुरुवात विद्यालयबाटै सुरु गरिएको हो । ’

तिन सन्तानकी आमा मिनालाई श्रीमाले विचल्लीमा पारे हिडे पछि तम्घासमा राखेर छोरा छोरी पाल्न र पढाउन निकै गाह्रो थियो । उनले भनिन–‘ विद्यालयमा काम पाए पछि अहिले सजिलो भएको छ ।’

तिन सन्तानकी आमा मिनालाई श्रीमाले विचल्लीमा पारे हिडे पछि तम्घासमा राखेर छोरा छोरी पाल्न र पढाउन निकै गाह्रो थियो । उनले भनिन विद्यालयमा काम पाए पछि घर चलाउन सजिलो हुँदै आएको छ ।

उनले आफु विद्यालयमा काम सुरु गर्न थाले  पछि कोही कसै सर म्याडम र विद्यार्थीहरुबाट विभेद नभएको बताईन । तम्घासको गाउँ भेगमा घर भएका र अर्का अध्यात्मिक स्वभावका शिक्षक कृष्णप्रसाद मरासीनी भन्छन् हाम्रो हिन्दु धर्म ग्रन्थमा जातिय विभेदनै छैन । कसैले पछि सिर्जना गरेको कुप्रथालाई मिल्काउन यसरी नै हरेक विद्यालयल सुरुवात गरुँन ।

डेढ दशक अघि देखि जिल्लाका विभन्नि विद्यालयमा अध्यापन गराउँदै आएका त्यस विद्यालयका विज्ञान शिक्षक रोम बिश्वकर्मा भन्छन अहिले सम्म आफुले शिक्षक वाहेक कार्यालय सहयोगी दलित समुदायबाट पाएको छैन ।  सम्भवतः यो विद्यालय नै पहिलो हो ।

अर्की अग्रेजी विषय शिक्षिका मिना पन्थीले  विद्यालय स्तरबाटै यसरी  सवैलाई  सन्देश दिई विभेदको अन्त्य गरिनु पर्नेमा जोड दिईन । वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  चुरामणी पन्थीले विद्यालय स्तरबाटै विभेदको अन्त्य गर्न अन्य विद्यालयहरुले पनि दलित समुदायबाट कार्यालय सहयोगी राख्न सुझाव दिए ।

प्रधानध्यापक थापाले २०६४ साल देखि  पहिलो पटक दलित समुदायबाट कार्यालय सहयोगी राखेर जातिय विभेद छैन र गर्नु हुँदैन भन्ने सन्देश दिदै आईएको र  विद्यालय स्तरबाट विभेद अन्त्यको अगुवाई गरिदै आएको बताए । उनले भने यस विद्यालयमा कुनै खाले विभेद छैन । हामी सवै जना उहाँ ( मिना विक ) ले बनाएको  चिया नास्ता खान्छौं । जिल्लाका अन्य  विद्यालयहरुमा अहिले सम्म दलित समुदायबाट कार्यालय सहयोगी राखेको कुरा प्रकाशमा आएको छैन । अन्य सरकारी कार्यालयहरुमा पनि दलित समुदायका कार्यालय सहयोगीहरुलाई चिया नास्ताको जिम्मेवारी दिएको पाईएको छैन । 

गुल्मीको दलित आन्दोलनका अगुवा गणेश विश्वकर्मा संग सम्पर्क राख्दा २०६३ साल आज कै दिन जेठ २१ गते पहिलो गणतान्त्रिक सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि सार्वाजानिक स्थल त्यसमा पनि चेतनाको ज्योति छर्ने गुल्मीका विद्यालयहरु मध्ये महेन्द्र नमुना मावि बाहेक अन्यत्र दलित समुदायबाट कार्याल  सहयोगी नराखेको आफुले कतै  थाह नपाएको बताए ।

उनले भने–‘  एक ठाउँ महेन्द्र माविमा कार्यालय सहयोगी राखेर सकारात्क कार्य गरिएको छ तर  जिल्लाका अन्य विद्यालयमा चिया नास्ता गराउनु पर्ने भएकोले राखिएको छैन, अझै पनि शिक्षक बुद्धिजिवीहरुलाई डर छुवाछुत कै छ । ’

शिक्षकको भन्दा कायालय सहयोगीको तलव बढि

सोही विद्यालया आईएससी उतिर्ण गरेकी शिक्षक विकास  वस्नेतको तलव ८ हजार रहेको छ । ब्याचलर गरेकी शिक्षिका कमला महतको तलव ८ हजार १ सय छ भने सामन्य लेखपढ गर्न जान्ने  उनै कार्यालय सहयोगी मिना बिकको तलव भने १० हजार ३ सय ५ रहेको  छ ।

कार्यालय सहयोगी बिक पुरानी भएकोले बढ्दै जाँदा बढि भएको र निजी श्रोतका शिक्षकहरु एनि भन्दा पछि आएकोले कम भएको प्रधानध्यापक थापाले बताए । उक्त तलवबाट बिकले तिन सन्तानको पठन पाठन र पालन पोषण गर्ने गरेको र पछिल्लो चरण अर्को विवाह गरेका श्रीमान रामबहादुर बिकले पनि सघाउने गरेको बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला