कुटो कोदालो बझारेर मनाईने यस्ता वातावरण दिवस नै सार्थक

साझासवाल
5 Min Read

प्रेम सुनार | जेठ २२, गुल्मी | आज विश्व वातावरण दिवसको विहान ८ वजे धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरलले  वाग्लाको नाँच्ने डाँडा र गुफा भन्ने स्थानमा हाप असिना पसिना हुँदै पोखरी खन्नका लागि त्यहाँका वडाध्यक्ष हिमप्रसाद पन्थी संग  बेल्चा (सावेल ) तान्दै थिए ।

आज कसरी मनाउँदै हुनुहुन्छ वातवरण दिवस ? भन्ने प्रश्नमा कोदालो बझार्दै पोखरेल भन्दै थिए–‘ यी को यहि हो दिवस , अव सुकिलो–मुकीलो हुँदै हातमा तुल ब्यानर समात्दै र प्रभात फेरी गर्दै नारा घन्काएर होइन, कुटो कोदालो बझारेर मनाईने यस्ता दिवस नै सार्थक हुने हाम्रो ठम्याई छ ।’

उपप्रमुख शिवबहादुर खत्रीले आफ्नै वडा नम्वर –६ को धुर्कोटरजस्लस्थित किमुखर्कमा खन्दै थिए ।  प्रायःकालो  चस्मामा सुकिलो मुकिलो पहिरनमा  देखिने प्रमुख प्रशासिकय अधिकृत लोकहरी थापा चस्मा फुकालेर गाउँघरे मजदुर कै पहिरनमा नयाँ पोखरीका लागि बाँझो फोर्दै थिए । चेक काट्न र हिसाव किताव मिलाउनमा ब्यस्त हुने लेखापाल मनोज भण्डारीको हातमा आज झाडी फाँड्ने हँसिया र  पोखरी खन्ने कोदालो थियो ।

उनि सहित कर्माचारीहरु प्नि पोखरी खन्न मै ब्यस्त थिए ।  वाग्ला, रजस्थल र  अधिकृत  थापाले  जैसीथोक वरवोटमा खन्दै गरेको पोखरी वरीपरी सारा कर्मचारी, शिक्षक , विद्यार्थी , महिला समुह, जनप्रतिनिधी, युवाक्लव, नयाँ देखि पाका समाज सेवी सवै राजनैतिक दलका नेता कार्यकर्ताहरु सरोवरी जनश्रमदानमा थिए ।

कसैलाई अनावश्यक गफ गर्ने छुट थिएन । त्यो दृश्य नियाली सकेपछि त्यस पालिकाको वडा नम्वर १ नयाँगाउँमा पुग्दा वडाध्यक्ष कमल थापा सहितका जनप्रतिनिधी, कर्मचारी र वारी जैसीथोकमा जस्तै सवै पक्षको सहभागिता थियो । त्यस पछि वडा नम्वर २ पिपलधारमा पुग्दा वडाध्यक्ष नविन जिसी सहितका सवै पक्ष पोखरी खन्न मै ब्यस्त थिए ।

वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर श्रीस  थापा पुरै गाउँ  उठाएर पोखरीको जनश्रमदान मै ब्यस्त थिए । फेरी हामी वारी धुकोट फर्केयौं । वडा नम्वर ६ , रजस्थलमा वडाध्यक्ष कृष्ण नेपाली सहितको टोली विभिन्न स्थानमा पोखरी खन्दै थिए । वडा नम्वर ५ वस्तु पहिल्लै देखि पोखरी , वन जंगल संरक्षमा अग्रणी गाउँ  जहाँ वडाध्यक्ष ढुण्डीराज भण्डारी पोखरी खन्दै र थप नयाँ कहाँ कहाँ खनिदै छ भन्ने रिर्पोटिङ्ग गर्दै थिए ।  जनश्रमदान गर्न छाडेको वर्षऔं पछि जनश्रमदानमा सहभागिताको त्यो दृश्य ऐतिहाँसिक थियो ।

विश्व वातवरण दिवसलाई मध्य नजर राख्दै धुर्कोट गाउँपालिकाले  एउटा यस्तो निर्णय ग¥यो तुल ब्यानर नारामा वातवरण दिवस होईन काम गरौं । सोही अनुरुप  आजको सहभागिताका लागि  घर घरमा ब्यापक  प्रचार गरिएको थियो ।

नभन्दै प्रत्येक वडामा गरी ४० देखि ४५ हजार मानिसको श्रमदानमा सहभागिता थियो । अहिले साँझ धुर्कोट गाउँपालिका प्रमुख पोखरेलाई प्राप्त रिर्पोटङ्ग अनुसार  दिनभरीमा धुर्कोट गाउँपालिका भरी १ सय ३९ वटा ठुला पोखरी बनेका छन् । वाग्लामा ७ वटा साना पोखरी बनेका छन् ।

एक पोखरी वरावर २० हजार लिटर पानी संकलन हुन्छ । ति सवै गरेर  २९ सय लिटर पानी संकलन हुने छ । मजदुर हरुको जिल्ला दर रेट ज्याला अनुसार कम्तीमा ४०  लाख देखि ४५ लाख सम्म कै जनश्रमदान धुर्कोटले एकै दिनमा गरेको छ ।

वन जंगलको विनास संगै जंगली जनावार अन्यत्रै  सर्ने क्रम बढ्दो भई रहेको वेला ति जनावरका संरक्षण , घरपालुवा जनावरहरुको  गौचरण अवस्थामा पानीको अभावलाई पुर्ति, वृद्धारोपण ,हरियाली वातवरण र डाँडो सुख्खा क्षेत्रलाई  पानीमय बनाउने मुख्य उद्देश्य रहेको प्रमुख पोखरेलले बताए ।  उनले भने यहाँबाट भारतिर बग्दै जाने करिव ३० हजार लिटर  पानी हामी  त्यता जानबाट रोक्दै छौं , अरु सवैले यसो गर्न सके कति पानी रोकिएला ?

त्यसका अलवा ति पोखरीबाट कृषिकहरुलाई सिचाईको ब्यवस्था गर्दै तरकारी उत्पादनलाई बढाईने  उप प्रमुख खत्रीको भनाई छ । प्रशासकिय अधिकृत  थापाले यसरी हामी सवैले जनश्रमदानलाई निरन्तरता दिए जे कुरामा पनि सरकारी श्रोत कै मुख ताक्न नपर्ने महशुस भएको बताए ।

जिल्लाका अन्य स्थानमा  भने पराम्परागत अर्थात औपचारिक रुपमा वातवरण दिवस मनाईएको छ ।  पछिल्लो चरण दशैमा  गोरेटो बाटो जनश्रमदानबाट खनिने बेलामा समेत मान्छे घरबाट निस्कीन अटेरी र अल्छीपन देखाउन थाल्दै आएका छन् ।

धुर्कोट गाउँपालिकाले देखाएको उदाहरणलाई अन्यत्र पनि लागु गर्न सके  विकासमा राज्य संगै जनता हुने छन् । अन्यथा अव सरकारी भत्ता र क्षतिपुर्ति रकम  पनि घर मै ल्याई देउ त भन्न थालेका छन भोली त्यो भत्ताबाट राशन पनि ल्याई देउ र  पकाएर समेत खुवाई देउ भन्न पनि वेर लगाउने छैनन ।

Share This Article
Leave a Comment

Leave a Reply