Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुपन्देहीमा प्रहरी नायब निरीक्षक खनालको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>जेठ २५, रुपन्देही | </b>पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ । खनालले चलाएको बा १६ च २९४८ नम्बरको स्कारपीयो गाडी बुटवल धागो कारखाना नजिकै लु १ ख ७४०१ नम्बरको बसमा ठोक्किएपछि दुर्घटना भएकाे थियाे।<br></p><p>दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडाँैस्थित ग्राण्डी अस्पतालमा उपचार हँुदाहँुदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।&nbsp;</p><p>दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो ।</p>