‘सर मलाई यो घरबाट वाहिर निकाल्नुस म उनैकी हुन चाहन्छु,

साझासवाल

प्रेम सुनार | जेठ २६, गुल्मी | ‘ सर मलाई यो घरबाट वाहिर निकाल्नुस म उनैकी हुन चाहन्छु, –उनले भनिन–‘ प्रहरी मार्फत  मलाई र मेरो परिवारलाई झिकाउनुस मात्रै म सवै कुरा सत्य भन्छु र उनै संग जिवन विताउन चाहन्छु । ’

उता उनका प्रेमी पागल झै बनेका छन । भन्छन –‘ म उ विनाको जिवन कल्पना नै गर्न  सक्दिँन ,  साथीको फोन मार्फत उनि मेरो नियमित फोन र च्याट सम्पर्कमा छन उनि पनि यसै भन्छिन , कृपया उनको घरबाट झिकाई दिनुस । ’

उनिहरु दुवै गुल्मी कै हुन   । तर नाम  ठेगना उनिहरुको नाम गोप्य नराख्ने हो भने ज्यान समेत खतरामा रहेको बताउँ छन् ।  ति प्रेमीका दाजु भाई आफन्तहरुले प्रतिष्ठामा आँच आउने भन्दै केटी संग टाढा बनाएर राखेका छन् ।

विवाहका लागि दुवै जनाको उमेर पुगेको छ । दुवै जना शिक्षित एक अर्कालाई सुहाउँदो जोडी हुन तर  टाढा पारेको छ जात–भात उच–निचको विभेदले । ति युवा क्षेत्रीका छोरा हुन । उनकी प्रेमीका दलितकी छोरी हुन ।

उनिहरु लामो ति दुवैका अनुसार समयको प्रेम पश्चात एक महिना अघि  भागी विवहा गरी भारत तिर हिडेका थिए ।  भारतमा पुगे पछि  उनका अभिभावकहरुले षडयन्त्र रचे ।  फकाई फुलाई घर आउ भनेर बोलाए ।

उनिहरु दुवै फर्किदै थिए । सुनौली नाकामा कुरेर वसेका उनिहरुलाई च्याप समातियो । ल्यायो तम्घासमा र दुई दिन सम्म एक होटलमा राखियो । दलितकी तर्काउनलाई केटा पक्षले एक जना दलित नेता समाते । अत्यन्तै दवाव दिएर केटालाई केटी अस्वीकार्य बनाईयो ।

त्यो होटलबाट अर्को होटलमा लगेर सम्वन्ध तोडेर आ–आफ्नो घर जान बाध्य पारियो ।  ति युवा भन्छन ५ लाख रुपैयाँ मेरै हातले उनिहरुलाई प्रेमीकालाई दिन लगाईयो,  मैले दिएँको हुँ । २० हजार रुपैयाँ पछि दिने कवुल भएको छ । त्यसो नगरेको भए चेली–वेटी वेच–विखनको मुद्धामा मलाई जक्काउने त्रास दिईएको थियो ।

अहिले मेरो मोवाईल घरमा खोसेर राखेका छन । मैले तपाईलाई यसरी नै साथीको सहयोगमा फोन गर्दै आएको छु ।  म स्वतन्त्र रुपमा पाच्न पाउने अधिकार छ कि छैन ? खै मेरो मानव अधिकार ?  मलाई यो पागल हो यसका कुरा नसुन्नुहोस भन्छन । म पागल हैन ।

मलाई पागल बनाईदै छ मेरी जिवन साथी खोसाएर । म पागल हुँ भने डाक्टरको रिर्पोटले प्रमाणित गरुँन ।  मलाई जातीपाती मतलव छैन  । मैले उनलाई चिनेरै हिडालेको हुँ ।घरकाले स्वीकार गर्दैनन भन्ने मलाई पहिल्लै थाह थियो । त्यही भएर मैले ईन्डिया लगेको हुँ तर १५ दिन नवित्दै हामीलाई षडयन्त्र गरेर झिकाईयो ।

म कुनै पनि हालमा उ विना  बाँच्न सक्दिँन । तर कसरी मिलन हुने ? म पनि घर उच्च निगरानीमा छु उनलाई पनि उता त्यसरी नै राखेका छन् । कोठा भन्दा वाहिर निस्कन दिदैनन रे । ’उता उनकी प्रेमीका पनि त्यसै भन्छिन् । मैले गुहार पाईन ।

कोठा भन्दा बाहिर निस्कन दिदैनन् ।  सुनेकी छु उनले प्रहरीमा मलाई पाउँ भनि उजुरी दिएका छन रे । तर प्रहरीले हामीलाई अहिले सम्म झिकाएन । लौन भनि दिनुस म र मेरा परिवारलाई त्यहाँ सम्म झिकाउन । ति दुवै जनाले यो जिल्लामा मानवअधिकरकर्मी नभए जस्तो महशुस गरेको गुनासो गरे । प्रहरीलाइई भन्दा खासै गम्भीर रुपले नलिएको जस्तो पाईएको छ ।

महिला सेलकी एक जन प्रहरी जवानले उजुरी परेको र आईतवार झिकाईएको बताईन । उनले भनिन आएन भने प्रहरी पठाएर पनि झिकाईने छ । यति गम्भीर मुद्धा के कारणले वेवास्ता ? राजीखुशी हिडेका उनिहरु मध्ये केटा के कसरी चेलवेटी वेचविखनको मुद्धामा पर्ने ?  के कारणले ५ लाख तिर्ने ? सवाल गम्भीर छ ।

केटा केटी छुटाउन अगुवाई गरेको बताईका ति नेताले पाँच लाख तिरेको तपाई संग के छ प्रमाण ? भनेर  बेस्सरी कड्किए । ति युवाकी आमाले समेत उक्त रकम अरु मार्फत आफुहरुले तिरेको बताएकी छन ।

वन्द कोठामा गरिएको सहमति पत्रमा उक्त पैसाको कुरा उल्लेख नगरेको पनि हुन सक्ने वा  ति कागज पत्र  लुकाएर हामीले केही गरेकै होईनौं भनेर दावी गर्न पनि सक्ने देखिएको छ ।  केटा  र केटीका परिवार, त्यसमा पनि ति दलित नेता यो विषय फिटिक्कै वारिह  नल्याईयो भन्ने पक्षमा छन् । यस प्रति सरोकारवाला सवैको ध्यानकृष्टा होस भन्ने दुवैको माग रहेको छ ।

Leave a Comment

Leave a Reply