प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै वामीटक्सार वजारस्थित गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलमा गत आईतवार शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्यार्थी ११ वर्षिय प्रशान्त सापकोटालाई गत आईतवार कुटेको विषयमा दुख ब्यक्त गर्दै उपचार खर्च ब्यहोर्ने प्रतिबद्धत्रा जनाएको हो ।

प्रिन्सिपल रामु तिवारीले केहि वेर अघि फोन गरेर भने–‘ हामीले ति विद्यार्थीका अभिभावकलाई बोलाएर सहमति गर्यो, घटना प्रति दुख ब्यक्त गर्दै कानको उपचारका लागि पुरै खर्च ब्यहोर्ने भएका छौं । ’

विद्यालय ब्यबस्थान समिति अध्यक्ष महेशबहादुर जिसीले पनि घटना प्रति दुख ब्यक्त गरेका छन् । विद्यार्थी वालक एक वर्ष अघि मात्र कान नसन्ने भएकोले अभिभावकहरुले अप्रेशन गरी दिएका थिए । त्यसै कान नजिकै शिक्षकले छापड हान्दा उनलाई असर परेर भक्तपुरको अस्पताल सम्म लगेर परिवारजन हालै फर्किएका छन् ।

दुई घण्टा अघि मात्र प्रकाशित समाचारको संञ्चार माध्यमलाई धन्यवाद दिदै वालकका काका विष्णुप्रसाद सापकोटाले भने–‘पहिला सहमत भएका थिएनन अहिले कागज कागज गररै दुख ब्यक्त गरे विद्यालय परिवारले र आगमी दिनमा यस्ता कार्यहरु दोहरिने छैनन भन्दै उपचार खर्च ब्यहोर्ने सहमति गरेर आएका छौं । ’

प्रिन्सिपल तिवारीले त्यसरी कानको जाली नै फुट्ने गरी शिक्षकले नकुटेको , सामन्य थप्पड हान्दा पहिला अप्रेशन गरेको उनको कानमा सामन्य असर मात्रै परेको दावी गरे ।

उनकी आमा कृष्ण सापकोटाले भने यस्तो खालको कुटाई तेश्रो पटक भएको र पछिल्लो कुटाईबाट वावुको कानको जालीमा प्याल परेको वताएकी छन् । विद्यालयले वामीटक्सार प्रहरी चौकीका प्रमुख सई नारायणबहादुर कुँवरको रोहवरमा सहमति गरिएको जनाएको छ ।

विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो
Leave a Comment