प्रेम सुनार | जेठ २७, गुल्मी | अलि पुरानो पिडले २३ सन्तान सम्म जन्माएको कुरा गुल्मीको दिव्रुङ्गमा सुन्न देख्न पाईन्छ तर अहिलेको पिढले बढिमा ८ सन्तान भन्दा बढि जन्माएको पं्राय सुनिएको थिएन । तर गाउँमा बुझ्दै जाँदा ४० वर्ष उमेर नपुग्दै गुल्मीको हुँगा गाउँकी एक महिलाले १४ वटा सन्तान जन्माएको सुन्नु परेको छ ।

छत्रकोट गाउँपालिका साविकको हुँगा गाविस वडा नम्वर ६ की रिता नेपालीले १४ सन्तानको जन्म दिएकी हुन । अहिले उनको उमेर ४० वर्ष भयो । उनका जेठा छोराको उमेर १८ वर्षको भयो भने सवै भन्दा कान्छी सन्तानको उमेर ७ वर्ष भयो । १४ वर्षको उमेरमा हुँगाका पदम नेपाली संग विवाह गरेकी उनले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेको बताउँ छिन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनि निरोगी छन् ।

श्रीमान पदम नेपाली अपाङ्ग छन् । सम्पत्तीको नाममा त्यही एउटा बास मात्रै हो । लौराको साहरामा हिड्ने उनका श्रीमानले ठुलो काम गरेर परिवार पाल्न सक्दैनन् । छोरी नभएर छोराका लागि वा छोरा भएर छोरीका लागि उनले त्यति धेरै सन्तान जन्माएकी होईनन । सुरुवाती तौर मै छोरा पछि छोरी जन्मीएकै थिईन ।

मात्र उनलाई धेरै सन्तान हुँदा के असर पर्छ भन्ने चेतनाको कमी र गर्भनिरोधक औषधी साधनबारे चेतनाको कमी भएर धेरै सन्तान जन्माएको पाईएको छ । उनका १४ सन्तान मध्ये ७ जनको मृत्यु भयो । ७ जना सकुशल रहेका छन् । ७ वर्षिया कान्छि छोरीले कक्षा तिनमा पढ्छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक एक सन्तान जन्मीए पछि उनि हजुर आमा बनेको खुशी सुनाउँ छिन् ।

जन्मान्तर कम गराउन हाल सम्म राज्य र दातृ निकायबाट करोडौं खर्च भई सकेको छ तर सदरमुकाम नजिैकैको अवस्था भने यस्तो हुनु लज्जाको विषय हो कि ?

१४ सन्तानकी आमा भन्छिन– ‘ उमेर ४० नटेक्दै हजुर आमा पनि भएँ’
Leave a Comment