२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बन्दका कारण जिल्लामा ईमरजेन्सी औषधी समेत अभाव

२०७२, १८ आश्विन सोमबार ०६:०१

अजयकुमार साह/ असोज १८,
उदयपुर ।
निरन्तरको बन्द, हडतालका कारण उदयपुरमा सामान्य औषधी देखी अत्यन्त जरुरीपर्ने औषधीको
चरम अभाव देखिएको छ ।
केही दिन यता जिल्ला अस्पताल उदयपुरमा साधारण औषधी र अत्यन्त जरुरी औषधीको अभाव
देखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख डाक्टर चुमनलाल दासले बताउनुभयो । करिब डेढ
महिनाको निरन्तर बन्दका कारण मौज्दातमा रहेको औषधी सकिएको र थप औषधी जिल्लामा नआएकोले औषधीको अभाव
देखिएको डाक्टर दासले बताउनुभयो ।

सरकारले करिब ७० किसिमका
औषधीहरु स्वास्थ्य निकायहरुबाट निशुल्क वितरण गर्ने गरेकोमा हाल अधिकाँश औषधी सकिएको जनाईएको छ । सरकारी
निशुल्क औषधी हाल जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतका निकाय र निजी विक्रेताकाँहा समेत औषधीको अभाव
देखिएको छ । सदरमुकाम स्थित जिल्ला अस्पताल र गाविस स्थित स्वास्थ्यचौकी लगायतका सरकारी अस्पताल र निजी
औषधी पसलहरुमा समेत औषधीको अभाव देखिएको हो ।

अस्पताल देखि
लिएर खुद्रा औषधी पसलमा समेत पर्याप्त मात्रामा डाक्टरको निर्देशन अनुसारको औषधी समेत नपाईरहेको
विरामीहरु बताउँछन् ।

जिल्ला अस्पतालमा मौज्दातको रुपमा राखिएको
निशुल्क बाडिने औषधी लगभग सकिएको हुनाले अस्पतालमा जाँचचेक पछि लेखिएको औषधी समेत दिन नसकिरहेको बताउँछन
जिल्ला स्वास्थ्य कार्यालयका सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दास । विरामीलाई लेखेको सवै किसिमको औषधी
दिन नसकिरहेको बताउँछन स्थानिय औषधी विक्रेता विजय मेडिकलका प्रोपाइटर विजय कुमार साह । स्थानिय
शिवशक्ती मेडिकल हलका फर्मेसी सहायक जितेन्द्र कुमार महतोका अनुसार भण्डार गरिएको औषधी विक्री भईसकेको र
थप आउन नसकेका कारण अभाव देखिएको हो । उनले अर्डर गरिएको औषधी यातायात अवरुद्धका कारण कतै बाट आउने
अवस्था समेत नरहेको बताएका छन् ।

डाक्टर दासका अनुसार
अत्यन्त जरुरी औषधी मोटरसाईकलमा लहान, विराटनगर लगायतका स्थानहरुबाट आपूर्ति गर्न बाँध्य भएको बताउनुभयो
। केही समय यता भाईरलको प्रकोप, निमोनिया जस्ता विरामीहरुको सङख्या बढ्ीरहेकोले विरामीको चाँपका कारण
समेत औषधी अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै