Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीबाट चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित |  जेठ ३१, सिरहा | सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् ।

जेष्ठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका बडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेष्ठ १७ गते बरामद गरी आज (बुधबार) सबारी धनी सोही ठाउँ बस्ने भिरानन्द सोनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरीक्षक मनोज चौधरीले बताए ।

मोटरसाइकल चोरी भएको भन्दै पिडितले सप्तरीको फतेपुर प्रहरीमा निबेदन दिएपछि सर्कुलर हुँदा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल बरामद गरिएको नायब निरीक्षक चौधरीले जनाए । उनले भने “मोटरसाइकल चोरी भएपछि हामीलाई सर्कुलर हँदा मिर्चैया नगरपालिका बडा नं. ५ स्थित चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएकोले नियन्त्रणमा लियौं, मोटरसाइकलमा सबार ३ जना मध्ये एक जना बिरामी रहेकोले चालकले हतारमा बिरामी लिएर आउँदा ब्लुबुक बिर्सेर आएको भन्दै घरबाट ब्लुबुल लिएर आउँछु भनेर गएको एक हप्ता भन्दा बढी समयसम्म नआएपछि सोधखोज गर्दा चोरीको मोटरसाइकल भएको बुझियो ।”

यातायात ब्यबस्था कार्यालयसंग समन्वय पश्चात धनीलाई खबर गरी मोटरसाइकल हस्तान्तरण गरिएको उनले बताए ।

मोटरसाइकल छाडी फरार भएका ब्यक्तिहरुको हुलियाको आधारमा खोजी कार्य जारी रहेको नायब निरीक्षक चौधरीले दाबी गरे । विभिन्न आपराधिक क्रियाकलापमा चोरीका मोटरसाइकल प्रयोग हुने गरेको भन्ने जनगुनासो बढेसँगै चेकजाँचलाई तीव्रता दिएको उनले स्पष्ट गरे ।

उनले चोरीका मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी कारवाही गर्ने बताए ।