2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट र सिन्धुपाल्चोकमा आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

जेठ ३१, नुवाकोट | जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । 

दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । 

“दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी, गाउँखर्क, राउतबँेशी, बेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेँशी, रालुकादेवी, थप्रेक र तलाखु छनोटमा परेका छन् ।” उहाँका अनुसार सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका छनोटमा परेका छन् । 

अबको तीन वर्षसम्म चल्ने कार्यक्रमले अपांगता भएका व्यक्ति तथा बालबालिका, गरिबीको रेखामुनि रहेका समुदाय, जोखिम तथा बेचबिखन एवं हिंसाबाट प्रभावित बासिन्दा र सीमान्तकृत समुदायमा परिवर्तन ल्याउने लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक सरला तामाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमले शिक्षा, जीविकोपार्जन र समुदायमा आधारित संरक्षण संयन्त्रमार्फत उनीहरुको दैनिकीमा परिवर्तन, क्षमता अभिवृद्धि तथा कमजोर अवस्थाविरुद्ध प्रतिरोध गर्न दक्ष बनाउने उद्देश्य राखिएको छ । 

मानव बेचबिखन तथा बालबालिका संरक्षणका लागि पछिल्लो दश वर्षदेखि क्रियाशील शक्ति समूहले यहाँको सरकारी संयन्त्रलाई अभिभावकत्व र सरोकार राख्ने संस्थाको सहयोगमार्फत समुदाय परिवर्तन गराउन शुरु गरेको जिल्ला सम्पर्ककर्ता सम्झना प्रसाईले बताउनुभयो । 

कार्यक्रम सञ्चालनपूर्व कार्यक्षेत्रमा गरिएको अध्ययनमा बालबालिका आफ्नो हकअधिकार प्राप्त गर्नबाट कुनै न कुनै रुपमा वञ्चित भएको र महिला हिंसा पीडित भएको तथ्यांक शक्ति समूहले सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द