एकाविहानै एक कुईण्टल गाँजा सहित दुई पक्राउ

साझासवाल

अजयकुमार
साह/ कात्तिक २४, उदयपुर ।  
मंगलबार (आज) विहान ४ः०० वजे १ सय ३० केजी गाँजा सहित दुई पक्राउ
परेका छन् । ईलाका प्रहरी कार्यालय कटारीले विशेष सुराकीको सहयोगमा उदयपुरमै उत्पादन भएको गाँजा सहित
दुईलाई पक्राउ गरेको हो ।

ईप्रका कटारीका प्रमुख डिएसपी
दिपक बस्नेतका अनुसार गाँजा बोकेर रिस्कु हुँदै सिरहातर्फ जाँदै गरेका दुईलाई रिस्कु २ चुहाडेबाट पक्राउ
परेका हुन भने अन्य तीन फरार रहेका छन् । पक्राउ पर्ने दुईमा उदयपुर ओख्ले ६ वर्ष ३८ को लमक्षण राई,
तवाश्री २ बस्ने वर्ष २३ का छत्रबहादुर मगर रहेका छन् । फरार तीन जनाको खोजी भईरहेको जनाइएको छ ।

Leave a Comment

Leave a Reply