2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

स्थानिय बजारमा कालोबजारी मौलाउँदै, स्थानिय प्रशासन मौन

अजयकुमार साह, मंसिर १९, उदयपुर

ग्याँस,
पेट्रोल, चिनी लगायतका साँमंग्री ब्ल्याक मार्केटमा छ्यापछ्प्याती

तराई–मधेश
आन्दोलन सँगै निरन्तर सय दिन भन्दा बढी लामो बन्द, हडताल र अघोषित नकाबन्दीका कारण स्थानिय बजारमा
निरन्तर भइरहेको आपूर्ति विगतको तुलनामा कम भएपछि कालोबजारी मौलाएको छ ।

स्थानिय बजारमा सवारी साधनका लागी चाहिने ईन्धन, ग्याँस, खानेतेल, चिनी, दाल लगायत अन्य दैनिक
उपभोग्य सामंग्रीहरु ब्ल्याक मार्केटमा उपभोक्ताबाट बढी मुल्य असुल गरी विक्री भईरहेको खुलासा भएको छ

स्थानिय बजारमा सिमित व्यापारीहरुले ब्ल्याकमा ग्यास,
पेट्रोल, चिनी, खानेतेल, दाल लगायतका दैनिक उपभोग्य सामंग्री विक्री गरी मनग्य आयआर्जन गरेको स्थानिय
उपभोक्ताहरुले गुनासो गरेकाछन् ।
यता उपभोक्ताको दैनिक रुपमा गुनासो रहेको भएतापनि स्थानिय प्रशासन
मौन छ । उपभोक्ताको भनाईमा स्थानिय प्रशासन समेतको मिलेमतो रहेको बुझिएको छ । “प्रशासनको मिलेमतो नभएको
भए यतिका दिन सम्म किन कुनै ब्ल्याक मार्केट गर्ने व्यापारीलाई पक्राउ गरी कार्यवाही गरिएन त ?” नाम
नखुलाउने सर्तमा एक स्थानियले बताए ।

हाल बजारमा पाँच हजार
भन्दा बढी मुल्यमा एक सिलिण्डर ग्याँस छ्रयापछ्याप्ती पाईने गरिएको छ । स्थानिय व्यापारीहरुले एक हजार
देखी पन्ध्रसय सम्म बढी मुल्य असुल्ने गरेको पाईएको छ । त्यस्तै स्थानिय पेट्रोल पम्पहरुमा मौज्दात
रहेको ईन्धन लुकीछिपी बढी मुल्यमा विक्री गरिएको पाईएको छ । प्रति लिटर दुई सय भन्दा बढी मुल्य असुल गरी
पेट्रोल विक्री भईरहेको बुझिएको छ ।

स्थानिय प्रशासनले पेट्रोल,
डिजेल र ग्याँस विक्री वितरणमा आफ्नो अगुवाई जनाएको भएतापनि पारदर्शिता नअपनाएको बुझिएको छ । बजारमा यति
हजार लिटर पेट्रोल आयो भन्ने हल्ला पिटाएपनि कति बाँडियो र मौज्दात कति बाँकी छ भन्ने विषयमा स्थानिय
प्रशासन मौन रहेको देखिन्छ । सरकारी कार्यालय र निजामति कर्मचारीका लागी भनेर मौज्दात राख्न आफूहरुलाई
निर्देशन भएकोले केही ईन्धन मौज्दात रहने गरेको स्थानिय एक पेट्रोल पम्पका साहुले बताएकाछन् ।

यसरी ब्ल्याक मार्केटमा दैनिक उपभोग्य सामंग्री विक्री भईरहेको प्रति
स्थानिय व्यापारीहरुलेनै विरोध गर्दै आएकाछन् । ब्ल्याक मार्केट गर्ने केही सिमित व्यापारीहरुका कारण
सम्पूर्ण व्यापारीको नाम बदनाम भएकोे स्थानिय एक व्यापारी बताउँछन् । स्थानिय प्रशासनले ब्ल्याक
मार्केटमा सहभागी रहेका सिमित व्यापारीहरु सँग नगद सम्म असुल्ने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।
स्थानिय सर्वसाधारणले ग्याँस, पेट्रोल लगायतका अति आवश्यक सामंग्रीहरुको आयात गरिएको परिमाण र विक्री
वितरण गरिएको परिमाण स्पष्ट रुपमा प्रशासनले सार्वजनिक गर्नुपर्ने बताउँदै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई