Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गायक उदितनारायणको घरमा एक मजदुरको करेन्ट लागेर मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ७, राजविराज | सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।

भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो ।

उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस