Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै

२०७५, ८ असार शुक्रबार १०:३७

युवराज पाण्डे/असार ८, बुटवल | बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । 

करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो । 

बेसमेनसहित चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । 

तर निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा आगामी २०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त भवनमा रहेको अन्डरग्राउण्डमा १०६ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्नेछ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटै सिँढी रहने इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभयो । 

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले आज उक्त भवनको शिलान्यास गर्नुभयो । 

सो अवसरमा उहाँले बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउँदै भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्नुभयो । 

निर्माण कार्यमा नागरिकको निगरानी र खबरदारी जरुरी रहेको बताउँदै उहाँले संविधानले दिएको अधिकारको प्रयोग गरेर नागरिकसँगको छलफलमा योजना बनाउन सुझाव दिनुभयो । 

नेता पौडेलले तीन तहको सरकारको प्रयासमा विकासको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै विकासका लागि सबैको सोचमा एकरुपता कायम हुनुपर्छ भन्नुभयो । 

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्पअनुसार आवधिक र दीर्घकालीन महत्वका काममा उपमहानगरपालिका केन्द्रित रहेको उल्लेख गर्दै बुटवलको विकासमा सबैसँग हातेमालो गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य लीला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले तोकेको समयमा नै निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

विसं २०१६ मा स्थापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवन प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् । 

प्रजातान्त्रिक आन्दोलनका अगुवालाई सम्मान 

यसैबीच प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे वापत बुटवल उपमहानगरपालिकाले यहाँका तीनजना नागरिक अगुवालाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा टीकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेल रहेका छन् । उनीहरुलाई जनही रु ५१ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । 

सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ । यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना काँग्रेसका नेता हुनुहुन्छ । त्यस्तै राधा पौडेल पनि विभिन्न राजनीतिक आन्दोलनका सक्रिय नेत्री हुनुहुन्छ । उहाँ हाल अर्बुद रोगबाट ग्रसित हुनुहुन्छ । 

ज्येष्ठ नागरिकको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने प्रमुख सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित