2026-06-19 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तरकारी बोक्ने निशान गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते

असार ११,बनेपा।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा गाडी चालकसहित छजना घाइते भएकामा सबैको उक्तअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६÷७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले