आफ्नै छोरी वलात्कार गर्ने एक बाबु जेलमा अर्को हिरासतमा

साझासवाल
2 Min Read

प्रेम सुनार | असार १३, गुल्मी | गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विचमै दुई छोरीहरु आफ्नै  बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी हिरासतमा लिईएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्युठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिएको जानकारी अनुसार  जेल चलान भएका छोरी वलात्कारी वावु पक्राउ गर्न जाने क्रममा विष सेवन गरी मर्न चाहेको र निजलाई अस्पतातमा पुराएर बचाई जेल चलान गरिएको हो ।

निजले  १४ वर्षकै उमेर देखि अर्थात गत तीन वर्षदेखि छोरी वलात्कार गर्दै आएको खुलेको उनले जानकारी दिए ।  छोरी वलात्कार गर्ने दुवै वावुका श्रीमति भए पनि घर नभएको वेलामा उनिहरुले त्यस्तो कुकर्म गरेको प्रहरीको भनाई छ ।

त्यस्तै हिजो मुद्धा दर्ता भएका अर्का वावुले  १६ वर्षिया नावालिका छोरी वलात्कार गरेको भन्दै डिएसी पोखरेलले यस्ता घटना आफुहरुले खोजी खोजी पिडितलाई न्याय दिलाउन सक्रिय हुँदै आएको पोखरेलको भनाई छ ।

उनले प्रहरी, अन्य सरोकारवाला नागरिकहरुसंग सहकार्य गर्दै जनचेतना मुलुक कार्यक्रमहरु सञ्चालन गरिएको बताए । केहि दिन अघि त्यसै प्युठानमाा दाजु वहिनी विच प्रेम सम्वन्ध पछि भागी विवाह गरेको तर त्यसलाई परिवारजनले छुटाउन चाहे पछि विष सेवन गरी एकै साथ देह त्याग गरेको विषयलाई पनि अभिभाकहरु अव सचेत हुनु पर्नेमा उनले सुझाए ।

‘उनिहरुको प्रेममा मिलन कि मृत्युको जुन समर्पण देखियो, त्यसबाट अव अभिभावकहरुले मनोविज्ञानिक रुपले हल गर्नु पर्ने देखियो ’– उनले भने–यस्ता कुराहरुबाट सवै सचेत हौं । ’

Leave a Comment

Leave a Reply