2026-09-18 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

३२ सिलिन्डर कामख्या कम्पनीको ग्यास सहित एक पक्राउ

पुस २९, उदयपुर । स्थानिय देउरी बजारबाट गाईघाट बजारमा कालोबजारी गर्न लैजाँदै गरेको सिलबन्दी ग्याँस सिलिण्डर
भरिएको पिकअप भ्यान सहित एक जनालाई उदयपुर प्रहरीले प्रक्राउ गरेको छ । त्रिनपा ३ त्रियुगा पुलमा प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी सवारी चालक कृष्ण बहादुर तामाङ्ग सहित पक्राउ गरिएको हो

black market

त्रियुगा नगरपालिका १० देउरी बजार स्थित कृष्ण इन्टरप्राइजेज बाट गाईघाट
तर्फ लादै गरेको अवस्थामा मंगलबार राती अन्दाजी ७ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष
टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक रामकुमार यादवले बताए ।

गाईघाट बजारमा बढि मूल्यमा ग्यास
बेच्न ल्याउदै गरेको अवस्थामा प्रहरीले मे १ च १५६९ नम्वरको पिकअफ भ्यानमा राखिएको ग्याँस सहित चालक
कृष्ण बहादुर तामाङ्ग पक्राउ परेको प्रहरी निरिक्षक यादवले बताए ।

उपरिक्षक केसीका अनुसार
प्रक्राउ परेका चालक र बरामद ग्याँस सहितको गाडीलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन,
२०३२ अनुसार मुद्दा चलाईएको जनाईएकोछ ।
मधेसमा जारी आन्दोलनका कारण आपूर्ति कम भएको बहाना देखाउदै
उदयपुरमा पछिल्लो समय ग्यासको कालोबजारी मौलाएको छ । स्थानिय गाईघाट बजारमा प्रीमा, सुपर, कामख्या,
रिजालको, कोशी लगायतका कम्पनीका ग्यास विक्रेताहरुले ग्यास ल्याएर लुकाई छिपाई बढि मूल्यमा बिक्रि गर्ने
गरेका छन । उनिहरुले गोदाममा ग्याँस लुकाएर बेच्ने गरेको भएतापनि स्थानिय प्रशासन मौन रहेको छ ।
गोदामहरुमा छापा मार्न स्थानियले पटक पटक आग्रह गरेपनि प्रशासनले हेलचेक्रयाई गर्दै आएको सर्वसाधारणको
आरोप छ ।
मधेस आन्दोलन अगाडी सिडिण्डर सहितको तिन हजार ५ सयमा मूल्यमा बिक्रि हुने ग्यास अहिले
व्यापारीहरुले लुकाएर आठ हजार सम्म विक्रि गर्ने गरेको स्थानीयले आरोप लगाएका छन । स्थानिय सर्वसाधारणले
ग्याँस, पेट्रोल लगायतका अति आवश्यक सामंग्रीहरुको आयात गरिएको परिमाण र विक्री वितरण गरिएको परिमाण
स्पष्ट रुपमा प्रशासनले सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई