2026-09-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

असारे १५ संस्कृतिलाई विर्से गुल्मीका जनप्रतिनिधीहरुले

प्रेम सुनार/असार–१५, गुल्मी। गुल्मीको एकाधा स्थानिय तह बाहेक असारे १५ अर्थात धान रोपाई जात्रा सदियौं देखिको संस्कृतिलाई अधिकांस जनप्रतिनिधीहरुले विर्सेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत.चक्रपाणि पन्थीसंग सम्पर्क राख्दा  अहिले विहानको यो समाचार लेख्ने वेलासम्म कुनै पनि स्थानिय तहले असारे १५ विशेष कार्यक्रम आयोजना गरेको जानकारी पाईको छैन ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा उनले पानी नपरेका कारण असारे १५ को रौनक ल्याउन नसकिएको बताए । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललविपक्षी राजनैतिक दल काग्रेसका जनप्रतिनिधीहरुले नगर सभालाई अवरुद्ध पारेर टाउँको दुखाएकोले  असारे १५ मनाउने वारे सोच्न पनि नभ्याएको जानकारी दिए  ।

उनले भने–‘ नगर सभा अवरुद्ध पारेकोले टाउको दुखाईको विषय बनेको छ , त्यसैले असारे १५ मनाउने  बारे   नगरपालिकाले  सोच्न सकेन र वडाहरुले पनि आयोजना गरेको जानकारी आएको छैन ।’  

फोन सम्र्पक हुन सकेका अन्य स्थानिय तहले पनि असारे १५ विशेष कार्यक्रम नराखेको बताए । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले भने अर्लाङ्गकोटको ददल्का फाँटमा रोपाई जात्रा राखिएको जानकारी दिए । वाली गीत भने गाउने मान्छेको अभावमा त्यो रमझम नगरिने उनले बताए ।

स्थानिय निकाय सञ्चालन नहुनु अघि सम्म  प्रत्येक वर्ष जिल्लामा वाली गीत सहित भव्य रुपमा असारे १५ विशेष कार्यक्रम हुने गर्दथ्यो । त्यस ताका सिडियो , एलडियो , सुरुक्षा निकायका प्रमुखहरु रोपाई जात्रामा महिलाहरु संग हिलो छ्यापछ्याप  गर्दै निध्रुक्कै र हिलाम्मे हुने गर्दथे । जो यसपाली एउटा ईतिहाँस जस्तै बनेको छ । आजको दिन प्रायः झरी पर्दथ्यो तर आज विहानै देखि चर्को घाम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली