2026-09-01 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यहि हो पत्रकारिताको धर्म ? आफ्नै वहिनीलाई श्रीमति बनाई दिने ?

प्रेम सुनार | असार १७, गुल्मी | अनाधिकृत रुपमा अनलाईन र युट्युव खेती गर्नेहरुले जथाभावी समाचार र फोटा पोष्ट गरेर ब्यक्तिको चरित्र हत्या देखि आत्मा  हत्या सम्मको अवस्थामा पुराउन थालेका छन् । केहि दिन अघि राष्ट्रिय सञ्चार माध्यमा जिम्मेवारी पुर्ण ढंगले प्रकाशित भएको एक समाचार शिर्षकलाई  बङ्गाएर मृतककी वहिनीको चरित्र हत्या एक अनलाईनले गरेको छ भने अर्की एक प्रतिष्ठित महिलालाई बदनाम गराउने कुचेष्ट गरिएको छ । 

केहि दिन अघि टेलिभिजन तथा अनलाईनमा  ‘विवाहको रात विवाहन वेहुला मृत फेला…. ’ सम्वन्धि फिचर स्टोरी प्रकाशित भएको थियो । त्यो लेख्ने यसै समाचारदाता थियो ।  जुन समाचार हुवहु कपी गरेर माथी शिर्षक  रुपन्देही अमुवाका मृतक कर्णबहादुर बुढाथोकीकी आफ्नै वहिनी श्रीमति बनेर आएपछि….शिर्षक बनाई केहि अनलाईन र युट्युवले प्रकाशित गरेपछि उनकी वहिनी यति वेला ठुलो तनावमा परेकी छन् । 

त्यसै समाचारमा एक अनलाईनले फोटो समेत सम्वन्धित समाचार पात्र वाहेकको राखेको छ । जुन तस्वीर युकेमा समाज सेवी र प्रतिष्ठित महिलाका रुपमा आफ्नो छवि बनाउँदै आएकी पोखराकी ईशा गुरुङ्ग र उनले आर्थिक सहयोग गरेका नारायणघाट स्थित पिडित विरमान महार्जनको राखिएको छ । 

धेरैलाई नवजिवन दिएकी गुरुङ्ग र उनले सहयोग गरेका पिडित महार्जनको तस्वीर त्यस समाचारमा आए पछि यसै समाचार दाताले राखेको होला भन्ने ठानेर सामाजिक सञ्जालमा ब्यापक आलोचना हुँदै आएको थियो ।  उता मृतककी वहिनीलाई तनावले अस्पताल सम्म पुराउने त्यो अनलाईन अरु युट्युवहरुले पनि गर्दै आए ।  यस समाचारदाता आवद्ध नरहेको र यसको  अनुमति समेत नलिई पोष्ट गरिएको उक्त ग्रैह जिम्मेवारीपुर्ण शिर्षक र तस्वीर राखिनु विद्युतिय अपराध भएको ठहर गर्दै यस समाचारदाताले प्रेश काउन्सिलमा फोन गरेर त्यसलाई सञ्चालन गर्ने ब्यक्तिहरु खोजी दिन आग्रह ग¥यो । 

उहाँहरुले खोज्दा त्यो अनलाई सुचिकृत नभएको, कुनै ठेगना र सम्पर्क नम्वर नभएको भन्दै प्रेश काउन्सिलको सुझाव अनुसार आज यसै समाचारदाताले जिल्ला प्रहरी कार्यालय गुल्मी  मार्फत महानगरिय प्रहरी परिसर टेकु काठमाण्डौंमा विद्युतिय अपराध विरुद्ध उजुरी जाहेरी दिएको छ । 

त्यस्ता ग्रैह जिम्मेवार  सामाजिक सञ्जालहरुको विवरण समेत उजुरीसंगै  पठाएर खोज अनुसन्धान प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी प्रमुख एसपी अनुराग कुमार द्धिवेदीले जानकारी दिए । निरन्तर पत्रकारिताको झण्डै दुई दशकको  यात्रामा यस समाचारदाताले यस्तो उजुरी दिन परेको यो पहिलो हो । त्यस समाचारको तल धेरैले राम्रो स्टोरीका रुपमा प्रतिकृया दिदै आई रहेको वेला शिर्षक बङ्गाएर चरित्र हत्या गरिएको छ । यो अत्यन्तै खेदपुर्ण  र ठुलो अपराध हो । यस्तो ग्रैह जिम्मेवार भएर कसैले सामाजिक सञ्जालको दुरुपयोग नगरौं  । खोज अनुसन्धानमा बाध पुग्ने भएकोले त्यस्ता अनलाईन र युट्युवहरुको नाम गोप्य राखिएको छ ।

 हेरौं उक्त समाचार शिर्षक र तस्वीरको स्क्री सर्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली