2026-11-01 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नाबालक शिशु सहित मानसिक सन्तुलन गुमाएकी सुत्केरीको उद्दार

अजयकुमार साह । पुस ३०, उदयपुर । जिल्लाको रौता ९ मुर्कुचीबाट एक नाबालक सहित
मानसिक सन्तुलन गुमाएकी सुत्केरी महिलाको आज विहिबार उद्दार गरिएको छ ।

sishu

मानसिक सन्तुलन गुमाएकी महिलाबाट जन्मेको बच्चा सहित
आमालाई प्रमुख जिल्लाअधिकारी कृष्णचन्द्र घिमिरेको पहलमा जिल्ला वालकल्याण समितिले उद्दार गरि
जिल्लाअस्पताल उदयपुरमा ल्याईएको होे । एक हप्ताअघि मुर्कुचीबजार पुगेकी तराई मुलकी उक्त महिलाबाट आज
विहिबार विहान बच्चा जन्मिएपछि स्थानीयले बच्चालाई सुरक्षित स्थानमा लगेका थिए । मुर्कुची स्थित
कृषीबजारको टहरामा महिलाले बच्चा जन्माएको थाहा पाएपछि स्थानीय महिलाहरुले बालकलाई सुरक्षित राखी
प्रहरीलाई खबर गरेकाथिए ।

आमाको मानसिक सन्तुलन ठिक नभएको र
बच्चाको स्याहार-सुसार गर्न सक्षम नरहेकाले उद्दार गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र
घिमिरेले बताए । प्रजिअ घिमिरेका अनुसार सुत्केरी महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा रहेको जानकारी
प्राप्त भएकाले मासवेसकी नजबुल खान सहितका स्थानीय अधिकारकर्मी र महिला प्रहरी खटाई अस्पताल भर्ना
गरिएको छ ।

sishu
news

अस्पताल स्रोतका अनुसार नाबालकको स्वास्थ्य स्थिती
खतरामुक्त रहेको जनाएको छ । बच्चा पूर्णरुपमा स्वस्थ रहेको र आमाले बच्चालाई स्याहार गर्न सक्ने अवस्था
नरहेकोले बच्चाको स्वास्थ्य स्याहारका लागी बैकल्पीक व्यवस्था गर्नुपर्ने  जिल्ला अस्पतालका प्रमुख
डा.चुमललाल दासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द