2026-09-01 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीदरवार गाउँपालिकाले पुराना शिक्षक हटाउने

प्रेम सुनारअसार–१८, गुल्मी।  शैक्षिक सुधारका लागि गुल्मीदरवार गाउँपालिकाले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । त्यस गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि लामो वहस पछि त्यस विषयमा हिजो सम्पन्न गाउँ कार्यपालिको बैठकले साविकको जिल्ला शिक्षा कार्यालयलाई चुनौतीपुर्ण लागेको दरवन्दी मिलान कार्यलाई समेत समधान गरेको छ ।

त्यस गाउँपालिका भित्र रहेका कुल ३५ वटा विद्यालयहरु मध्ये विद्यार्थी संख्यालाई अध्यान गरी शिक्षक संख्या बढि भएका विद्यालयबाट दरवन्दी कटौती गरी शिक्षक संख्या कम भएका विद्यालयहरुमा थप गर्ने निर्णय गरिएको छ ।

त्यस क्रममा गाउँपालिकाले १४ वटा दरबन्दी कटौती गरेको छ । त्यसरी कटौती भएका दरवन्दीलाई गाउँपालिकाको पुल दरवन्दी मानी  ति पुल  दरवन्दी शिक्षकहरुलाई शिक्षक संख्या कम भएका विद्यालयहरुमा पठाउने भएको छ ।

त्यस्तै माध्यामिक तहका विद्यालयहरुलााई केन्द्रित गरी निम्न माध्यामिक तहमा  नपुग भएका ११ जना  विषयगत शिक्षकरुलाई गाउँपालिकाको श्रोतबाट व्यवस्थापन गर्ने निर्णय गरी दरवन्दी सिर्जना गरेको छ ।  

त्यस्तै प्रत्येक विद्यालयहरुमा वालवालिका विकास केन्द्र रहने शिद्धान्तलाई आधार मानी वालवालिका विकास केन्द्र नरहेका ७ वटा  विद्यालयहरुमा वालविकास केन्द्र समेत गाउँपालिका कै श्रोतबाट ब्यवस्थापन गर्ने भएको छ ।

गाउँपालिका भित्रमा निवृतिभरणका लागि अवधी पुगेका शिक्षकहरुलाई केन्द्रिकृत गरी शैक्षिक अवकास योजना अगाडी सारेको छ । यस योजनामा अवकास लिने शिक्षकहरुलाई प्रोत्साहन स्वरुप खाई पाई आएको दुई महिनाको  तलव भत्ता समेत गाउँपालिकाले दिने भएको छ ।

गुल्मीदरवारले स्थानिय शिक्षा ऐन–२०७५ जारी  गरेको छ । उक्त ऐन अन्तरगत प्रत्येक विद्यालयका प्रधानध्यापकले ‘विद्यालय विकास प्रस्ताव’  गाउँपालिका शिक्षा शाखामा पेश गर्नु पर्ने छ । त्यसरी पेश भएका विद्यालय विकास प्रस्ताव कमजोर र असक्षम देखिएमा गाउँपालिकाले स्वतःहटाएर अर्को प्रधानध्यापक नियुक्ति गर्ने भएको छ ।

त्यस गाउँपालिका शिक्षा शाखा अधिकृत दिपक भण्डारी भन्छन–‘ यहाँको शैक्षिक सुधारमा गाउँपालिकाको यो निर्णय महत्वपुर्ण रहेको छ । विगत देखि नै चुनौतीपुर्ण रहँदै आएको दरवन्दी मिलान कार्य सवै भन्दा महत्वपुर्ण हो । विद्यालय विकास प्रस्ताव कार्यले प्रतिस्पर्धा हुने र असक्षम वाहिरिने र सक्षमले गुणस्तरिय शिक्षा दिन सक्ने छन । ’

पुराना हटाउने,नयाँलाई  भित्राउने नीति

त्यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माका अनुसार गुल्मीदरवारले अहिलेको पिढीलाई दिनु पर्ने शैक्षिक गुणस्तरका लागि स्थानिय शिक्षा ऐन–२०७५ जारी गरिएको हो ।  गाउँपालिका कार्य समितिले जारी गरेको यस ऐन अन्तरगत विद्यालय विकास प्रस्तावले असक्षमहरु हट्ने र सक्षमहरुले प्रवेश पाउने छन ।

त्यस्तै शैक्षिक अवकासका लागि गाउँपालिकाले थप दुई महिनाको तलव भत्ता दिई स–सम्मान पुराना शिक्षक हटाउने र नयाँ र उर्जावान शिक्षक ल्याउने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाको श्रोतबाट नियुक्ति गर्न लागिएको शिक्षकहरुको तलव मासिक २० हजार तोकिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

उनका अनुसार त्यसका लागि वार्षिक २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । शैक्षिक अवकास कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  गाउँपालिका प्रमुख अशोककुमार थापाले हाल सम्म विद्यामान शैक्षिक गतिविधीबाट  अहिलेको पिढिले चाहेको शिक्षा प्राप्त गर्न नसक्ने देखिएकोले  स्थानिय शिक्षा ऐन–२०७५ जारी गरिएको बताए ।

यस ऐन अन्तरगत हिजोको बैठकले अगाडी सारेका योजना–कार्यक्रमहरुले  गुल्मीदरवारको शैक्षिक गुणस्तर  हुनेमा आफु विश्वास्त रहेको प्रमुख थापाले वताए । त्यस गाउँपालिका भित्र ४ वटा माध्यामिक विद्यालयहरुमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली