2026-07-25 04:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

साक्षरता गाविस घोषणा तयारी शुरु, लेटरग्रेडिङ बारे श्रोत केन्द्र स्तरीय अभिमुखिकरण

अजयकुमार साह/ माघ २९, उदयपुर । उदयपुर जिल्लालाई २०७२ चैत्र
भित्र साझरता जिल्ला घोषणा गर्ने अभियान अन्तरर्गत गाउँ विकास समितिहरुलाई सोको तयारीका लागी श्रोत
केन्द स्तरीय भेला गरी अभियान शुरु गरिएकोछ ।

जिल्ला शिक्षा
कार्यालय उदयपुरको संयोजनमा जिल्लाका ४० वटै गाविसलाई आगामी चैत्र भित्र साक्षर गाविस घोषणा गर्ने
कार्यक्रम अन्तर्गत श्रोत केन्द्र स्तरीय अभिमुखिकरण समेत शुरु गरिएको जिल्ला शिक्षा कार्यालयका सहायक
जिल्ला शिक्षा अधिकारी भुपेन्द्र प्रसाद कोईरालाले जानकारी गराउनुभयो ।
udaypur news 1

अभिमुखिकरण कार्यक्रम अन्तर्गत माघ २२ गते बेल्टार,
२३ गते मुर्कुची, २४ गते कटारी र २५ गते देउरी श्रोत केन्द्रहरुमा त्यस क्षेत्रका करिब १ सय ६० जना
प्रधानाध्यापकहरुलाई साक्षरता गाविस घोषणाको आधार तयार पार्ने, सम्बन्धीत गाविस भरिका सम्पूर्ण विद्यालय
र सामुदायीक अध्ययन केन्द्रका पदाधिकारीहरुको बैठक आयोजना गर्ने लगायतका विषयहरुमा छलफल गरिएको सहायक
जिशिअ कोईरालाले बताउनुभयो ।

साथै सोही अभिमुखिकरण गोष्ठीमा
भर्खरै शिक्षा मन्त्रालयले लागू गरेको लेटर ग्रेडिङ प्रणालीको विषयमा रहेको अन्यौलता हटाउन शिक्षा
विभागले प्रकाशन गरेको निर्देशिका २०७२ अनुसार विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र गाउँका
सर्वसाधारणलाई जानकारीका लागी व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको उहाँले बताउनुभयो ।
udypur news

साक्षरता अभियान अन्तर्गत पहिलो चरणमा रौता, चिलाउने,
भलायडाँडा, पञ्चावति, डुम्रे, भुट्टार, नामेटार, पोखरी, लाँफागाउँ र जाँते गाविसहरुमा क्रमश ः खडग
बहादुर थापा, मान बा.राई, दिनानाथ दाहाल, विरधोज निरौला, कैलाश ढकाल, उद्यव कार्की, राधेश्याम साह,
चुडामणी दाहाल र विमानसिंह खडका लाई संयोजन गरेर साक्षरता अभियानको आधारहरुको विषयमा छलफल गरी घोषणा
तयारी गर्ने निर्णय समेत गरेको जनाईएको छ । उदयपुरमा हाल ४० वटा गाविसहरु मध्ये २ वटा गाविसहरु क्रमशः
बाराह र नामेटार साक्षरता गाविस घोषणा भईसकेको छ भने हाल बाँकी ३८ वटा गाविस र तिन नगरपालिका रहेकाछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक