प्रेम सुनार | असार २४, गुल्मी | गुल्मीमा पहिलो पटक एक वडाले वाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर–७ , साविकको भनभने गाविसले यस्तो उदाहरणीय कार्य गरेको हो । त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा वाल विवाह मुक्त वडाको एक समारोहका विच घोषणा गरेका हुन् ।

मदाने गाउँपालिका उपप्रमुख शरिता खड्काको प्रमुख आतिथ्यतामा आयोजित घोषण सभामा ११ वर्ष देखिका वालिकाहरुलाई ललाई फर्काई विवाह गराउने र त्यसका नाममा वेच विखन समेत भएका खवर आई रहेका वेला यस्तो काय सह्रानिय भएको वक्ताहरुको भनाई थियो ।

छिमीकी जिल्ला प्युठान संग जोडिएको उक्त गाउँपालिकामा वाल विवाह व्याप्त भए पछि त्यसलाई रोक्न वाल विवाह मुक्त वडा घोषणा गरिएको जन जागरण वाल सञ्जालका अध्यक्ष सुमन पन्थीले बताए ।

जिल्ला स्थित सिर्जनशिल सामुदायिक विकास केन्द्र तम्घासले उक्त वाल सञ्जाल मार्फत उक्त कार्यको सुरुवात गरेको जनाईएको छ । यस जिल्ला र छिमेकी जिल्ला प्युठान र बाग्लुङ्गमा ११ वर्षिया वालिका समेत आफै प्रेमी बोलाएर भागी विवाह गर्न थालेको समाचार आए लगत्तै युवाहरुले विभिन्न संघ संस्थाहरुले यस्तो अभियान छेड्न सुरु गरेका हुन् ।

गुल्मीमा साविकको गाउँ विकास समिति र जिल्ला विकास समितिले पुर्ण सरसफाई , पुर्ण खोप गाविस र जिल्ला घोषणा गरे पनि वाल विवाह र छुवाछुत मुक्ता गाउँ र जिल्ला घोषणा गर्न सकेका थिएनन । अहिले स्थानिय तहका जनप्रतिनिधीहरुले समेत छुवाछुत मुक्त गाउँ घोषणा गर्न खुट्टा कमाई रहेका छन् ।

तस्वीरमा: मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीलाई वाल विवाह मुक्त वडा घोषणाको ज्ञापन पत्र बुझाउँदै वाल सञ्जालका अध्यक्ष पन्थी, साथमा प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी

गुल्मीमा पहिलो पटक वाल विवाह मुक्त वडा घोषणा
Leave a Comment