२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी दरवारमा बाग्लुङ्गसम्मका मानिसहरुको जमघट

२०७५, २५ असार सोमबार ०४:१६

खिम अर्जुन | असार २५, गुल्मी । गुल्मीको पुराना युवा क्लवहरु मध्ये एक मानिने  नवजनविकास युवा परिवार गुल्मी दरबार गाउंपालिका – १, बलिथुमले ५ दिन देखि आयोजना गरेको  विविध सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्ग सम्मका खेलाडी र दर्शकहरुको जमघटले  दुई जिल्ला विचको  भावनात्मक सम्वन्ध थप  निकट भएको छ   ।

आईतवार सम्पन्न  क्लवको  २१ औं  स्थापना दिवसको अवसरमा  आयोजित  क्लवका पूर्व अध्यक्षद्वय “स्व. गोपालबहादुर फुङजेली मगर र स्वर्गिय जगु खड्का मगर”को सम्मानमा प्रथम स्मृतिकप भलिबल प्रतियोगितामा सो क्लवले दुई जिल्ला विचको भावनात्मक सम्वन्थ  थप नजिक बनाउन बाग्लुङ्गका विभिन्न क्लवहरुलाई सहभागिताका लागि निम्ताएको थियो । 

वैदेशिक रोजगारको शिलशिलामा बिभिन्न देशहरुमा कार्यरत क्लवका युवाहरुको पुरस्कार सौजन्यमा आयोजित प्रतियोगितामा गुल्मी र बाग्लुङ जिल्लाका बिभिन्न स्थानहरुबाट ३२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथम उपाधि दिपज्योति युवा क्लव दरबार गाउंपालिका राजा गुल्मीले हासिल गरेको छ भने नवकिरण युवा क्लव दरबार गाउंपालिका बलिथुम टापुले द्धितिय र गुल्मी कै अर्को क्लव न्यू स्टार युवा क्लव लिम्घाले तृतिय स्थान हासिल गरेको छ । 


विजेताहरुलाई   क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद राशि, मेडल र प्रमाणपत्र सहित प्रथम, द्धितिय र तृतिय पुरस्कार  प्रदान गरिएको थियो ।  प्रतियोगितामा आफ्ना खेलाडीहरूलाई समेत प्रेरित गर्दै आफ्नो खेल कौशलताद्वारा सबैलाई प्रभावित गर्न सफल न्यू स्टार युवा क्लब, लिम्घाका टीम क्याप्टेन निर्मल शाही उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीमा सत्यवती युवा क्लब, ग्वाघाका टीम क्याप्टेन प्रकाश राना मगर घोषित भएको आयोजकले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, कला–संस्कृति, सभ्यता र खेलकुदको अस्तित्व जोगाऔं, भन्ने मूल नारा बोकेको यस क्लवले विगतमा पनि भिन्न भिन्न विधाका वृहत् कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । 

बृहत् सांस्कृतिक कार्यक्रम, आगलागी पिडित सहयोगार्थ राहत संकलन अभियान, ऐतिहासिक रेसुङ्गा बलिथुम महोत्सव देखि सामुदायिक भवन निर्माण सम्म यहांका जनसमुदायहरुको सामाजिक क्षेत्र प्रतिको समर्पण  उदाहरणिय रहेको स्थानियको भनाई छ  ।

यी गतिविधिहरुबाट निकट भविष्यमा नमुना समाज निर्माण तर्फ उन्मुख रहेको क्लवले दावी गरेको छ  । जिल्ला युवा परिषदका  अध्यक्ष राजेन्द्र बिक्रम कुंवरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा , बलिथुम वडा सदस्य सुर्य कुंवर मगरको विशेष आतिथ्यता  रहेको थियो । क्लवका  अध्यक्ष चेत प्रसाद राकसकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव  दिनेश कुंवरको संचालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी