Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रिपर आतंक रोकिएन, जडिबुटीमा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

असार १६, काठमाडौं । ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा जडिबुटीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् ।

घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका एसपी सुरेन्द्र मैनालीका अनुसार भक्तपुरबाट कोटेश्वर आउँदै बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते ढुंगोलको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीले दुवै सवारी साधान र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।