2026-10-28 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कामै नगरी रकम निकासीः सिफारिस दिने वडाध्यक्ष फन्दामा

प्रेम सुनार | असार २६, बुटवल | स्थानिय सरकार,  जनता आफैले चुनेका जनप्रनिधी भए पछि विगतमा जस्तो भ्रष्टचार रोकिएला भन्ने अपेक्षा गरी रहेका थिए । तर, गुल्मीको एक वडामा   त्यसको ठिक विपरित ठाडै भ्रष्टचारको चलखेल भएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्वर ४ मा उपभोक्ता समितिका पदाधिकारी र वडाध्यक्षको मिलोमोतोमा काम नै नभएको मोटरवाटोमा वडाध्यक्षले काम सम्पन्न भएको सिफारिस पठाई  गाउँपालिकामा रकम निकासी गर्न जाने क्रममा भ्रष्टचारको पोल खुलेको हो ।

त्यस वडा साविकको दिगाम गाविस स्थित नयाँपोखरा देखि  सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्म करिव ३ सय मिटर सडक मर्मतका लागि गत वर्ष छत्रकोट गाउँपालिकाबाट ७३ हजार  ८ सय ३७ रुपैयाँ ९३ पैसा विनियोजित भएको थियो ।

उक्त रकम निकाल्नका लागि त्यस वडाका  वडाध्यक्ष डिलाराम न्यौपानेले काम नभएको आफैले देखेर पनि सम्पन्न भएको सिफारिस गाउँपालिकालाई दिएको स्थानियवासीले थाह पाए पछि गाउँपालिकामा आएर पोले खेलिदिएका हुन ।

वल्ल अनुमन गर्न बाध्य भए कर्मचारी

स्थानियले आएर  त्यस गाउँपालिका कार्यालयमा भने पछि  प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी लगायतको टोली अनुमन गर्न जाँदा कामै नभएको स्पष्ट देखेका थिए । ‘स्थानियले कामै नभएको कुरा हामी संग आएर बताए’– पन्थीले भने–‘अनुगन गर्न जाँदै नगरेकै पाईए पछि उक्त रकम रोक्का गरिएको छ । ’ त्यस अघि के हेरे कर्मचारीले ? यस्तो सवाल पनि स्थानियले गरेका छन ।

उक्त मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल र सचिव भुपालसिंह कँडेल समितिबाट अधिकार प्रत्योजन गरी रकम निकासी गर्न पुगेका थिए । किर्ते बैठक पुस्तीकामा   उपस्थित नै भएका उपभोक्ताको नाम  पनि किर्ते राखेर ब्यापक छलफल गरी निम्न उपस्थितीममा… निम्न निर्णया गरियो ’ भनेर समितिका सिमित मानिसहरुले बन्द कोठामा लेखेर  कैयौ योजनाहरुको रकम झ्याम्म पार्ने तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिमा मौलाएको संस्कृति हो ।

त्यही संस्कृतिलाई  पछ्याउँदै गरिएको उक्त कार्यलाई स्थानियले घोर विरोध गरेका छन ।  वडाध्यक्ष  न्यौपानेको प्रतिकृया माग्न खोज्दा सम्पर्क हुन सकेन । गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले फोन उठाएनन ।

उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल संग सम्पर्क राख्दा हामीले मात्र होईन अरुले पनि पुरानो ऋण तिर्न त्यसै गरेकोले आफुहरुले पनि  त्यसो गरेको बताए । भने–‘ पोहोर साल मोटरबाटो खनेको सात आठ लाख ऋण थियो त्यही तिर्नका लागि काम नगरी रकम निकाल्न खोजेका हौं , तर धेरैले सत्रुता साँधेर भ्रष्टचार गरे भनेर बदनाम गरेका हुन । ’

त्यस विरुद्ध वोल्नेलाई हातपात

उपभोक्ता समितिका अध्यक्ष कँडेलले आजै श्रृँगा प्राथामिक स्वास्थ्य चौकीका एम्वुलेन्स चालक मोहन केसीलाई कार्यालय समय मै पुगेर हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

केसीले भने–‘ काम नै नभएको ठाउँमा काम भएको भन्दै रकम निकाल्न लागे पछि चर्चा परिचर्चा हुँदै त्यस बेला उनि आई मलाई काँधमा  हिर्काए लछार पछार गरे । भएको कुरा बोल्न पनि पाईदैन र ? ’

एउटै पार्टीका मान्छेले खोले पोल 

वडाध्यक्ष देखि गाउँपालिका प्रमुख  ,उप प्रमुख सहित तत्कालिन एमालले वहुमत जितेको गाउँपालिका हो त्यो ।   यसरी पोल खोल्ने स्थानियवासी पनि जल्दा वल्दा  एमाले कार्यकर्ता भएको जानकारी प्राप्त भएको छ । नाम नवताउने सर्तमा एक जना कार्यकर्ताले भने नराम्रो काम गर्नेलाई आफ्ना नेता कार्यकर्ता भनेर जोगाईन्न । यस्ता अरु पनि गल्ती खोजिदै छ भण्डाफोर गर्ने पर्छ ।

वडाध्यक्षको राजीनामा माग  

दिगामका अधिकांस नेकपाका कार्यकर्ता  सहित त्यहाँका वासीन्दाले वडाध्यक्ष न्यौपानेको राजिनामा माग गरेका छन् ।  भ्रष्टचारलाई प्रशय दिने वडाध्यक्षले राजीनामा दिनै पर्छ, नत्र आन्दोलन गरिन्छ एक कार्यकर्ताले भने हेरौ नैतिकताको आधारमा उनैले राजिनामा दिन्छन कि भन्ने लागेको छ । यस जिल्लामा  वडाध्यक्षको राजिनामा माग र यस्तो खालको भ्रष्टचार स्थानिय तहको निर्वाचन पछि यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला