कामै नगरी रकम निकासीः सिफारिस दिने वडाध्यक्ष फन्दामा

साझासवाल

प्रेम सुनार | असार २६, बुटवल | स्थानिय सरकार,  जनता आफैले चुनेका जनप्रनिधी भए पछि विगतमा जस्तो भ्रष्टचार रोकिएला भन्ने अपेक्षा गरी रहेका थिए । तर, गुल्मीको एक वडामा   त्यसको ठिक विपरित ठाडै भ्रष्टचारको चलखेल भएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्वर ४ मा उपभोक्ता समितिका पदाधिकारी र वडाध्यक्षको मिलोमोतोमा काम नै नभएको मोटरवाटोमा वडाध्यक्षले काम सम्पन्न भएको सिफारिस पठाई  गाउँपालिकामा रकम निकासी गर्न जाने क्रममा भ्रष्टचारको पोल खुलेको हो ।

त्यस वडा साविकको दिगाम गाविस स्थित नयाँपोखरा देखि  सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्म करिव ३ सय मिटर सडक मर्मतका लागि गत वर्ष छत्रकोट गाउँपालिकाबाट ७३ हजार  ८ सय ३७ रुपैयाँ ९३ पैसा विनियोजित भएको थियो ।

उक्त रकम निकाल्नका लागि त्यस वडाका  वडाध्यक्ष डिलाराम न्यौपानेले काम नभएको आफैले देखेर पनि सम्पन्न भएको सिफारिस गाउँपालिकालाई दिएको स्थानियवासीले थाह पाए पछि गाउँपालिकामा आएर पोले खेलिदिएका हुन ।

वल्ल अनुमन गर्न बाध्य भए कर्मचारी

स्थानियले आएर  त्यस गाउँपालिका कार्यालयमा भने पछि  प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी लगायतको टोली अनुमन गर्न जाँदा कामै नभएको स्पष्ट देखेका थिए । ‘स्थानियले कामै नभएको कुरा हामी संग आएर बताए’– पन्थीले भने–‘अनुगन गर्न जाँदै नगरेकै पाईए पछि उक्त रकम रोक्का गरिएको छ । ’ त्यस अघि के हेरे कर्मचारीले ? यस्तो सवाल पनि स्थानियले गरेका छन ।

उक्त मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल र सचिव भुपालसिंह कँडेल समितिबाट अधिकार प्रत्योजन गरी रकम निकासी गर्न पुगेका थिए । किर्ते बैठक पुस्तीकामा   उपस्थित नै भएका उपभोक्ताको नाम  पनि किर्ते राखेर ब्यापक छलफल गरी निम्न उपस्थितीममा… निम्न निर्णया गरियो ’ भनेर समितिका सिमित मानिसहरुले बन्द कोठामा लेखेर  कैयौ योजनाहरुको रकम झ्याम्म पार्ने तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिमा मौलाएको संस्कृति हो ।

त्यही संस्कृतिलाई  पछ्याउँदै गरिएको उक्त कार्यलाई स्थानियले घोर विरोध गरेका छन ।  वडाध्यक्ष  न्यौपानेको प्रतिकृया माग्न खोज्दा सम्पर्क हुन सकेन । गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले फोन उठाएनन ।

उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल संग सम्पर्क राख्दा हामीले मात्र होईन अरुले पनि पुरानो ऋण तिर्न त्यसै गरेकोले आफुहरुले पनि  त्यसो गरेको बताए । भने–‘ पोहोर साल मोटरबाटो खनेको सात आठ लाख ऋण थियो त्यही तिर्नका लागि काम नगरी रकम निकाल्न खोजेका हौं , तर धेरैले सत्रुता साँधेर भ्रष्टचार गरे भनेर बदनाम गरेका हुन । ’

त्यस विरुद्ध वोल्नेलाई हातपात

उपभोक्ता समितिका अध्यक्ष कँडेलले आजै श्रृँगा प्राथामिक स्वास्थ्य चौकीका एम्वुलेन्स चालक मोहन केसीलाई कार्यालय समय मै पुगेर हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

केसीले भने–‘ काम नै नभएको ठाउँमा काम भएको भन्दै रकम निकाल्न लागे पछि चर्चा परिचर्चा हुँदै त्यस बेला उनि आई मलाई काँधमा  हिर्काए लछार पछार गरे । भएको कुरा बोल्न पनि पाईदैन र ? ’

एउटै पार्टीका मान्छेले खोले पोल

वडाध्यक्ष देखि गाउँपालिका प्रमुख  ,उप प्रमुख सहित तत्कालिन एमालले वहुमत जितेको गाउँपालिका हो त्यो ।   यसरी पोल खोल्ने स्थानियवासी पनि जल्दा वल्दा  एमाले कार्यकर्ता भएको जानकारी प्राप्त भएको छ । नाम नवताउने सर्तमा एक जना कार्यकर्ताले भने नराम्रो काम गर्नेलाई आफ्ना नेता कार्यकर्ता भनेर जोगाईन्न । यस्ता अरु पनि गल्ती खोजिदै छ भण्डाफोर गर्ने पर्छ ।

वडाध्यक्षको राजीनामा माग

दिगामका अधिकांस नेकपाका कार्यकर्ता  सहित त्यहाँका वासीन्दाले वडाध्यक्ष न्यौपानेको राजिनामा माग गरेका छन् ।  भ्रष्टचारलाई प्रशय दिने वडाध्यक्षले राजीनामा दिनै पर्छ, नत्र आन्दोलन गरिन्छ एक कार्यकर्ताले भने हेरौ नैतिकताको आधारमा उनैले राजिनामा दिन्छन कि भन्ने लागेको छ । यस जिल्लामा  वडाध्यक्षको राजिनामा माग र यस्तो खालको भ्रष्टचार स्थानिय तहको निर्वाचन पछि यो पहिलो हो ।

Leave a Comment

Leave a Reply